Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्तर कोरियालाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो बनाउने नेता किमको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ११ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो लक्ष्य देशलाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो देश बनाउने घोषणा गर्नुभएकाे छ ।

उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएका अनुसार ह्वासङ सेभेन्टिन क्षेप्यास्त्रको सफल प्रक्षेपणमा सैनिक अधिकारीहरुको बढुवा गर्ने आयाेजित कार्यक्रममालाई सम्बाेधन गर्दै नेता किमले यस्तो घोषणा गर्नुभएको हो । उत्तर कोरियाली जनताको गरिमा र देशको सार्वभौमिकता रक्षाका लागि आणविक हतियार विकास गरिरहेको उहाँले बताउनुभयाे ।

उहाँले विश्वकै सबै भन्दा शक्तिशाली हतियार विकास गरी देशलाई शताब्दीकै अभूतपूर्व शक्तिशाली देश बनाउने लक्ष्य रहेको बताउनुभयो । अमेरिकासम्म मार हान्न सक्ने ह्वासङ सेभेन्टिन विश्वकै शक्तिशाली रणनीतिक हतियार भएको दावी समेत उहाँले गर्नुभएकाे छ । किमले यसले उत्तर कोरिया विश्वकै शक्तिशाली सेना हो भन्ने पुष्टि गरेको दावी केसीएनएले जनाएको छ ।

नेता किमले आफ्नी छोरीका साथमा सैनिक अधिकारी वैज्ञानिक तथा इन्जिनियरहरूसँग फोटो सेसन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४