Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मत परिणामले सहज रुपमा सरकार गठन हुने अवस्था देखिएन : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 3.2K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रुपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ ।

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित अध्यक्ष ओलीले आफ्ना निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो कार्यक्रममा सहभागी हुँदै सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने बताउनुभयो ।

जटिल अवस्थामा आफूहरूको भूमिका थप महत्त्वपूर्ण हुने भएकाले त्यो भूमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

ओलीले देशको अन्य क्षेत्रभन्दा झापामा आएको निर्वाचन परिणामले आफू धेरै उत्साहित भएको बताउनुभयो ।

कतिपय ठाउँमा धाँधली र सत्ताको दुरुपयोग भएको उहाँको आरोप छ । यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उहाँले बताउनुभयो । झापामा प्रतिनिधि सभामा ५ वटा क्षेत्रमध्ये ३ वटा क्षेत्रमा एमाले, १ वटामा कांग्रेस र १ वटामा राप्रपाले जित निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४