Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिकमा १० लाख मत गन्दा कुन दलको कति ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ७ २०७९
  • 3K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मत गणना हुँदा नेकपा एमाले झण्डै एक तिहाइ हिस्साका साथ अग्रस्थानमा छ । एमालेले २ लाख ८४ हजार मत पाउँदा कांग्रेसले २ लाख ६२ हजार मत बटुलेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ ।

अहिलेसम्म पाएको मतलाई कुल सदर मत मानेर हिसाब निकाल्दा बढी मत ल्याउने १० दलमध्ये यी तीन दलबाहेक नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै थ्रेसहोल्ड कटाएका छन् । जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी शीर्ष १० स्थानमा रहे पनि तीन प्रतिशत कटाउन सकेका छैनन् ।

तीन प्रतिशत मत कटाउन नसक्ने दल समानुपातिकमा सिट बाँडफाँटको प्रतिस्पर्धामा रहँदैनन् र उनीहरुबाहेक बाँकी दलको मतगणना गरिन्छ ।

अहिलेसम्म कुल सदर भएको मतलाई आधार मान्दा पाँच दलले मात्रै तीन प्रतिशत मत कटाएका छन् । ती दलले मात्रै पाएको मत र अनुपात निकाल्दा एमालेले ३२.१५ प्रतिशत मत पाएको छ । कांग्रेसको २९.७३ प्रतिशत मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीको १५.५ र माओवादी केन्द्रको १४.५८ प्रतिशत मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब ८ प्रतिशत मत पाएको छ । अहिलेसम्म समानुपातिकतर्फ १० लाख ५ हजार बढी मतगणना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४