Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नामिबिया टुरका लागि १४ सदस्यीय टोली घोषणा, नन्दन समेटिए


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ५ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । नन्दन यादवलाई समावेश गर्दै आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियामा हुने शृखंलाका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित लिग टु को शृंखला डिसेम्बर १ देखि ८ सम्म (मंसिर १५-२२) नामिबियाको विन्डहोकमा हुनेछ ।

लिग टु खेल्ने टोलीमा समावेश भएपछि नन्दन यादवले नेपाली राष्ट्रिय टोलीमा इन्ट्री मारेका छन् । उमेर समूहमा उनकै टिममेट रोहित पौडेल अहिले सिनियर टिमको कप्तान बनिसकेका छन् ।

नन्दनले भने नयाँ प्रशिक्षक मनोज प्रभाकरको बगमनपछि पहिलो पटक सिनियर टिममा स्थान बनाए । तर घरेलु मैदानमा युएई विरुद्ध एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) शृखंला खेल्ने टिममा रहेका भीम सार्की, आदिल आलम र कमल सिंह ऐरी भने बाहिरिएका छन् ।

युएई विरुद्ध ओडीआई सिरिज खेलेका १६ मध्ये १३ जना टिममा यथावत छन् । भीम, आदिल र कमलले युएई विरुद्ध तीन खेल शृखंलामा एक खेल पनि खेलेनन् ।

युएई विरुद्धकै खेलमा डेब्यु गरेका अलराउण्डर हरिशंकर शाहले पनि टिममा निरन्तरता पाएका छन् । प्रशिक्षक प्रभाकरले युएई विरुद्ध हरिशंकरलाई दुई खेलमा मौका दिएका थिए ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा नन्दनसहित आसिफ शेख, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, हरिशंकर शाह, सागर ढकाल छन्।

प्रभाकरले आदिल आलम टी-२० फर्म्याटमा ठिक हुने खेलाडी भन्दै ५० ओभरको खेल खेल्नेका लागि लामो समय क्रिजमा टिक्ने खेलाडी हुनेपर्ने प्रतिक्रिया दिएका थिए ।

नामिबिया जानुअघि नेपाली टोलीले केही दिन तयारी गर्नेछ । नेपाली टोली आगामी सोमबार नामिबिया प्रस्थान गर्ने कार्यक्रम छ ।

डिसेम्बर १ देखि ८ सम्म हुने लिग २ मा नेपालले नामिबिया र स्कटल्यान्डसँग दुई दुई खेल खेल्नेछ ।

नेपालले पहिलो खेल घरेलु टोली नामिबियासँग डिसेम्बर २ मा खेल्नेछ । यस्तै स्कटल्याण्ड्सँग डिसेम्बर ४ मा, नामिबियासँग डिसेम्बर ७ र स्कटल्यान्डसँग डिसेम्बर ८ मा खेल्नेछ ।

स्कटल्याण्डले रिची बेरिङटनको कप्तानीमा यसअघि नै १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । घरेलु टोली नामिबिया भने अहिले पपुवा न्यु गिनी र अमेरिका सम्मिलित लिग टु कै शृंखला खेलिरहेको छ ।

एकदिशवीय विश्वकप छनोटको आधारको रुपमा रहेको लिग टु नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि निकै महत्वपूर्ण छ । अहिलेसम्म ५ शृखंलामा २० खेल खेलिसकेको नेपाल १७ अंकसहित ७ राष्ट्र सम्लित लिग टु को छैटौं स्थानमा छ ।

नेपालले अब नामिबियामा खेलेपछि घरेलु मैदानमान दुई र अवे मैदानमा एक शृखंला खेल्न बाँकी छ ।

लिग टु को अंकतालिका:

लिग टु मा सबै ९ शृंखला (३६ खेल) खेलिसकेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ र शीर्ष तीन स्थान रहने लगभग पक्का छ ।

अमेरिका ३३ खेलबाट ३१ अंकसहित तेस्रोमा, नामिबिया २४ खेलबाट २८ अंकसहित चौथोमा र युएई २६ खेलबाट २७ अंकसहित पाँचौ स्थानमा छ । नेपाल भन्दा पछाडि रहेको पपुवा न्यु गिनीको २५ खेलबाट जम्मा ५ अंक मात्र छ । पपुवा न्यु गिनी शीर्ष तीनको होडबाट बाहिरिसकेको छ ।

लिग टु को समाप्ती पछि शीर्ष तीन स्थानमा रहने टोली एकदिवशीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् । शीर्ष पाँचमा रहने टिमा ओडीआई मान्यता कायम राख्नेछन् ।

लिग टु को पछाडिको चार टिमले ग्लोबल छनोटमा प्रवेश पाउनका लागि क्वालिफायर प्लेअफ खेल्नेछन् । जहाँ च्यालेन्ज लिगका शीर्ष दुई सहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४