Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । चलचित्र ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ ।

शुक्रबार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् ।

सिनेमाको सार्वजनिक एक पोस्टरमा बाकसमाथि उभिएका जितु र साम्राज्ञीलाई रिवनले बाँधिएको छ, साम्राज्ञीको अगाडि लेडिज ब्याग र बुके राखिएको छ । कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक सिनेमाको अर्को पोस्टरमा जितुले साईकल चलाई रहेका छन्, भने साम्राज्ञीले माइकिङ गरिरहेकी छिन् । तेस्रो पोस्टरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

सार्वजनिक पोस्टरले जितु र साम्राज्ञीको रोचक केमेस्ट्रीले सिनेमाप्रति उत्सुकता जगाउने देखिन्छ । बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको सिनेमामा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् ।

डा. कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४