Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘डिसेम्बर फल्स’ टिजर : उपासनालाई कब्जाबाट निकाल्न आर्यनले गरेको संघर्ष


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । टिजरमा प्रेम, द्वन्द्व र थ्रिलर तत्व समावेश छन् । एक मिनेट १५ सेकेण्ड लामो टिजरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण पक्षहरु खुलासा गरेको छ ।

आफूलाई रोमान्स र एक्सन फिल्ममा प्रस्तुत गर्दै आएका आर्यन फिल्ममा ग्याङस्टर प्रेमीको भूमिकामा देखिन्छन् । यद्यपि, उनको पात्रबारे धेरै पक्ष खुलाइएको छैन । खलपात्रको कब्जामा परेकी उपासनालाई मुक्त गर्न नायकको इन्ट्री भएसँगै टिजर सुरु भएको छ । उपासनालाई कब्जाबाट बाहिर लैजान नायकले खलपात्रसँग गर्ने संघर्ष पेस गरिएको छ ।

उपासनालाई नर्स चरित्रको रुपमा देखाइएको छ । टिजरअनुसार फिल्ममा उनी आर्यनकी लभ इन्ट्रेस्टको भूमिकामा छिन् । सलोन बस्नेत र नरेश भट्टराई पनि टिजरमा अटाएका छन् ।

कोरोना महामारीअघि आर्यन अभिनित फिल्महरु ‘हजार जुनीसम्म’ र ‘चचहुई’ प्रदर्शन भएका थिए । ‘डिसेम्बर फल्स’ महामारीपछि रिलिज हुने आर्यनको पहिलो फिल्म हो ।

महामारीपछि रिलिज भएका उपासनाका दुई फिल्महरु ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ बक्स अफिसमा सफल भइसकेका छन् । प्रवीण झा निर्देशित ‘डिसेम्बर फल्स’ पुस १५ गते रिलिज हुँदैछ ।

फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४