Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनुहार हेरेर हाेइन योग्यताको आधारमा मतदान गर्नुस्, चुनाव जितेर विकास गर्छु : तिमिल्सेना


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 2.2K
    SHARES

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र ६ दिन बाँकी छ। हरेक निर्वाचनमा जस्तै मंसिर ४ को निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नं २(ख) चर्चामा छ। अनुहारको आधारमा होइन, काम, विचार र योग्यताको आधारमा मतदान गरेर आफूलाई जिताउन गठबन्धनका साझा उम्मेदवार जन्मजय तिमिल्सेनाले आग्रह गरेका छन् । ठाकुरबाबा नगरपालिका गरिएको चुनावी सभामा बोल्दै तिमिल्सेनाले चुनावी प्रतिस्पर्धामा आफ्नो जित निश्चित हुने बताएका हुन् । निर्वाचनका लागी गठबन्धनका साझा उम्मेदवार र एमालेबीच यतिबेला याे क्षेत्रमा तिब्र प्रतिस्पर्धा देखिएकाे छ । बर्दियामा पनि चुनावी सरगर्मी बढेसँगै अहिले प्रदेशसभा सदस्य पदमा साझा उम्मेदवार नेपाली कांग्रेसका तिमिल्सेना र एमालेका लाहानु थारुबीच तिब्र प्रतिस्पर्धा हुने भएकाे छ ।

निर्वाचन क्षेत्र नं २(ख) का प्रदेशसभा सदस्यमा चुनावी प्रतिस्पर्धामा आफ्नो जित निश्चित तिमिल्सेनाले बताउदै आएका छन । सधैं जनताका कामप्रति दत्तचित्त र इमानदार नेता र स्पष्टवक्ताको रुपमा रहेका तिमिल्सेनाले चुनावी सभालाई सम्बोधन गर्दै आम मतदातामाझ प्रस्तुत हुदा इतिहासदेखि विकास बोकेर हिडेकाले मतदाता विश्वस्त देखिएकाले चुनावमा बिजय निश्चित भएको दाबी गरेका छन् ।

वन्यजन्तु पीडितका लागि चुनाव जिते लगत्तै प्याकेज बनाएर काम गर्ने दिर्घकालिन योजना लागु गर्ने तिमिल्सेनाले चुनावीसभामा बोल्दै आएका छन् । जिल्ला भएर बग्ने दुई वटा नदी बबई र कर्णालीमा बर्सेनि आउँने बाढी नियन्त्रणका लागि आयोजना ल्याउँन र बिगतदेखि तटबन्धका लागि पहलले गर्दा चुनावमा विजयी हुने संकेत देखिएको उनको भनाइ छ । उनी भन्छन्,‘चुनाव जित्छु,विकास गर्छु।

यसअघि तिमिल्सेना नेपाल तरुण दलको कार्यबाहक अध्यक्षका जिम्मेवारी बसेका छन् भने थारु एमालेका गाबिस उपाध्यक्ष जिम्मेवारी रहदा स्थानीयस्तरमा मतदाताको आर्कषण छ। निर्वाचन क्षेत्रनं. २ को प्रदेश २ ख मा तिमिल्सेना र थारुबीच प्रतिस्पर्धा रोमान्चक देखिएको स्थानीय मतदाताको भनाइ छ ।

स्थानीय निर्वाचनमा उक्त क्षेत्रमा ठाकुरबाबा र मधुवन नगरपालिकामा काग्रेसले जित निकाल्न सफल भएको थियो । उक्त क्षेत्रमा गठबन्धनले काग्रेसको जित्ने आधारमा स्थानीय निर्वाचनको मतदानलाई आधार मानेको छ । तर,थारु बाहुल्यरहेको क्षेत्रमा एमालेका प्रतिस्पर्धी थारुको लोकप्रियता गठबन्धनका साझा उम्मेदवार तिमिल्सेनालाई भारी पर्ने एक पक्षिय मतदाताले दाबी गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४