काठमाडौं । यतिबेला नेपालमा घुमघामको सिजन सुरु भएको छ । सर्वसाधारणदेखि सेलिब्रिटीसम्म घुम्ने मुडमा छन् । पर्यटकीय थलो खचाखच देखिन्छन् ।
यस्तोमा विदेशी सेलिब्रिटी घुमघामको लागि यो सिजनमा नेपाल आउने क्रम सुरु भएको छ । बलिउड तथा चर्चित भारतीय टेलिभिजन अभिनेता विशाल मल्होत्रा यतिबेला घुम्न नेपाल आइपुगेका छन् ।
सोमबार उनले नेपालमा पर्वतीय उडान भरे । माउन्टेन फ्लाइटमार्फत सगरमाथा र गौरीशंकर हिमालको दृश्यावलोकन गरेको उनले जानकारी दिएका छन् । विशालले इन्स्टाग्राममार्फत पर्वतीय उडानको भिडियो सार्वजनिक गरेका छन् ।
शाहिद कपुर स्टारर सन् २००३ को रोमान्टिक कमेडी फिल्म ‘इश्क विस्क’बाट बलिउड डेब्यु गरेका विशाल अभिनित आमिर खानको तलास, रणवीर कपुरको अञ्जना अञ्जानी, शाहरुख खानको फिल्म ह्याप्पी न्यु इयर चर्चित फिल्म हुन् ।