Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युएईद्वारा नेपालसामु २६४ रनको लक्ष्य प्रस्तुत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २८ २०७९
  • 4.8K
    SHARES

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २ सय ६४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (सोमबार) नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो । युएईका लागि रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे ।

मुस्ताफाले ७३ बल खेल्दै ७ चौका प्रहार गरी सर्वाधिक ५३ रन बनाए । ओपनर मुहमम्द वासिमले ४४ र वृत्य अरभिन्दले ४० रन बनाए । अलिशान शारफुले २९ र बसिल हमिदले १४ रन जोडे । नेपालका दीपेन्द्र सिंह ऐरीले २६.५ ओभरमा भृत्यलाई एलबीडब्लु आउट गर्दै साझेदारी तोडे । भृत्यले ८२ बल खेल्दै ६ चौका मद्दतमा ४० रन बनाए । मुस्ताफाले चौथो विकेटका लागि अलिशा शारफुसँग ५३ रनको साझेदारी गरे । शारफुले २९ रन बनाए ।

आयान अफजल खानले २६ रन बनाए । उनी अन्तिम ओभरमा रनआउट भए । अहमेद राजाले १६ बलमा अविजित २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे । नेपालका लागि गुलशन झाले २ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दा २६ रन खर्चिए ।

सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । युएईका तीन खेलाडी रनआउट भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४