Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ब्याजदर तत्काल रोक्न राष्ट्र बैंकसँग राष्ट्रिय व्यवसायी महासंघको माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २८ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । नेपाल राष्ट्रिय व्यावसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ ।

महासंघका अध्यक्ष कुमार कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुको ब्याजदर थेग्नै नसक्ने भएको भन्दै हस्तक्षेप जरुरी रहेको बताउनुभएको हो । एकल अंकमा ब्याजदर झर्नुपर्ने माग गरेको महासंघले बैंकहरुले धितो लिलाम बिक्रीको आतंक मच्चाएको आरोप समेत लगाएको छ ।

करोडौं पर्ने धितो पचाउने नियतले बैंकहरुले ३५ दिने सूचना निकाल्ने गरेको महासंघको आरोप छ । बैंकहरुले संकटको बेलामा सामान्य मानवता समेत नदेखाएको भन्दै ३५ दिने सूचनालाई बढाएर ६ महिने बनाउनुपर्ने माग समेत गरेको छ । साथै लिलामी गर्नुअघि ऋण चुक्ता गर्न १ वर्षको अवधि दिनुपर्ने माग समेत गरिएको छ ।

बैंकहरुले ओभर ड्राफ्ट ऋण रोक्दा व्यावसाय नै बन्द गर्नुपर्ने अवस्था आइपुगेको महासंघको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४