Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाको सत्तारुढ डेमोक्रेटिक पार्टी बहुमत नजिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २७ २०७९
  • 5.5K
    SHARES

काठमाडौं । अमेरिकामा हालै सम्पन्न भएकाे मध्यावधि चुनावमा तीब्र प्रतिष्पर्धाकाबीच सत्तारुढ दल डेमोक्रेटिक पार्टीले संसदको माथिल्लो सभा सिनेटमा झिनो बहुमत कायम राख्ने सम्भावना बढेको छ ।

नेभेदा राज्यको सिनेट सदस्य जितेसँगै १ सय सदस्यीय सिनेटमा सत्तारुढ डेमोक्रेटिकले ५० सिट पुर्याएको छ । विपक्षी रिपब्लिकनले ४९ सिट जितेको छ । जर्जियामा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि त्यहाँ पुनः मतदान हुने भएको छ ।

जर्जियाको नतिजाले सिनेटमा कसकाे कब्जा हुने भन्ने निक्र्याेल गर्ने छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा विपक्षी रिपब्लिकन बहुमत नजिक पुगेको छ । ४ सय ३५ सदस्यीय प्रतिनिधि सभामा रिपब्लिकनले २ सय ११ सिट जित्दा डेमोक्रेटिकले २ सय ४ सिट जितेको छ । नोभेम्बर ८ मा भएको चुनावको मत गणना अझै सकिएको छैन ।

प्रतिनिधि सभाको अझै २० सिटको नतिजा आउन बाँकी रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४