Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं – १० मा चुनावी प्रचारप्रसारलाई तीव्र


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २६ २०७९
  • 2.4K
    SHARES

काठमाडाैं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब केही दिनमात्र बाँकी रहँदा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १० का राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

राजनीतिक दल र उम्मेद्वारहरु आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न निकै कसरत गरिरहेका उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार राजन केसीले स्थानीय आवश्यकता अनुसार यो क्षेत्रको विकास गरेकाले यसपटकपनि जित हासिल गर्ने दाबी गर्नुभयो ।

केसी यसअघिका दुवै निर्वाचनमा विजयी हुनुभएको थियो । केसीका निकटत्म प्रतिष्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेद्वार हिमेस केसीले पनि मतदाताको परिर्वतनको चाहना र पार्टीको एजेण्डाका कारण मतदाताले आफुलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १० मा नेकपा माओवादी केन्द्रले पनि अञ्जना विसंखेलाई उम्मेद्वार बनाएको छ । यस क्षेत्रका मतदाताहरुले भने विकासप्रेमी नेतालाई मत दिने बताएका छन् ।

७६ हजार मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर १० मा किर्तिपुर नगरपालिकाका १०, चन्द्रागिरि नगरपालिकाका १० र दक्षिणकाली नगरपालिकाका ९ वडा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४