Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘उचाइ’ फिल्मलाई नेपालमा कर छुट दिन माग, मुम्बईमा गरियो प्रिमियर (तस्वीर)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २४ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को रेडकार्पेट प्रिमियर बुधबार बेलुका मुम्बईमा सम्पन्न भएको छ । विशेष शोमा बलिउड स्टारहरु उपस्थित रहे । अनुपम खेरले फिल्मको विशेष शो राखे, जसमा फिल्मका कलाकारसहित सलमान खान, अक्षयकुमार, कंगना रनौत, जया बच्चन, भाग्यश्री, टाइगर श्राफ लगायत सहभागी रहे ।

शोमा जया बच्चनले सामुन्ने उभिएकी अभिनेत्री कंगनालाई बेवास्ता गरेर अघि बढेको कुराले चर्चा पाएको छ । कंगनाले नमस्कार गर्दा पनि जयाले इग्नोर गरेकी थिइन् ।

निर्देशक सुरज वर्जत्यको हात समातेर सलमान खान हिंडेको दृश्यले पनि चर्चा पायो । निर्माण कम्पनी राजश्री प्रोडक्सनकै ब्यानरबाट अनुपम खेर र सलमान खानले करिअर स्थापित गरेका हुन् ।

अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा, डेनी डेनजोङ्पा लगायतको अभिनय रहेको फिल्म उचाइको अधिकांश छायांकन नेपालमा गरिएको हो । नेपालमा समेत यो फिल्म शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

सुशान्तकुमार श्रेष्ठ लगायत केही नेपाली फिल्म निर्माता तथा कलाकारले उचाइलाई नेपाली फिल्म सरह मानेर कर छुट दिन माग गरेका छन् ।

अधिकांश छायांकन नेपालमा भएको, नेपाली प्राविधिक र कलाकार संलग्न रहेको, नेपाली भाषा पनि समेटिएको र डेनीजस्ता नेपालीभाषी पनि संलग्न भएकाले उचाइलाई सहुलियत दिनुपर्ने माग उनले राखेका छन् ।

झण्डै एक महिनासम्म नेपालमा रहेर छायांकन गरिएको फिल्मले नेपालको पर्यटन प्रवर्द्धनमा फाइदा पुग्ने आशा लिइएको छ । नेपालमा सुटिङ गर्दा २० करोडभन्दा बढी खर्च भएको फिल्ममा संलग्न प्राविधिकले जनाएका छन् ।

तस्वीरहरु

     

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४