Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा मतगणना जारी : दुई दलबीच तीब्र टक्कर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २४ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । अमेरिकामा गत मंगलबार भएको संसदीय निर्वाचनको नतिजाले अमेरिकी संसदमा कुन दलले नियन्त्रण बनाउँछ भन्ने अझै निश्चित हुन सकेको छैन ।

मतगणनाको प्रारम्भिक नतिजाले विपक्षी रिपब्लिकनले कंग्रेसमा नियन्त्रण गर्ने संकेत गरेकोमा परिणाम घोषणा हुँदै जाँदा रिपब्लिकनहरुले मत सर्वेक्षणहरूले देखाए जस्तो भारी बहुमत नपाउने प्रष्ट भएको छ । यद्यपी तल्लो सदन प्रतिनिधिसभा भने विपक्षी रिपब्लिनकनको स्पष्ट बहुमत पुग्ने देखिएको छ ।

अहिलेसम्म घोषित परिणाममा ४३५ सदस्यीय प्रतिनिधिसभामा रिपब्लिकनले २०७ सिट जितेका छन् भने सत्तारुढ डेमोक्रेट्सले १७८ सिट जितेका छन् । प्रतिनिधिसभामा २१८ सिटले बहुमत पुग्दछ । माथिल्लो सदन सिनेटमा अहिलेसम्म रिपब्लिकनले ४९ सिट पुगेको छ भने डेमोक्रेट्सको ४८ सिट पुगेको छ ।

जर्जिया, नेभेदा र एरिजोनामा जसले जित निकाल्छ उही दलको सिनेटमा बहुमत पुग्ने छ । संसदीय चुनावमा जुन हिसाबले रिपब्लिकनको लहर चल्ने अनुमान गरिएको थियो त्यो नहुँदा राष्ट्रपति जो बाइडेनलाई भने राहत मिलेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४