Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अरबाज र मलाइकाको छोराले बलिउडमा डेब्यु गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २२ २०७९
  • 3K
    SHARES

एजेन्सी । भारतीय अभिनेता सलमान खानका भाई अभिनेता एवं निर्देशक अरबाज खान र अभिनेत्री मलाइका अरोराको छोराले बलिउडमा डेब्यु गर्ने भएका छन् ।

हालै भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्तामा अरबाजले छोरा अरहान खानको बलिउड डेब्युको बारेमा खुलासा गरेका छन् ।

अरबाजले अन्तर्वार्ताको क्रममा अरहानले बलिउड डेब्यु गर्न लागेको कुरालाई पुष्टि गरेका छन्। साथै, उनले आफ्नो छोराले हालै करण जोहरसँग काम गरेको समेत बताएका छन् ।

अरहानले करण जोहरको फिल्म रकी ओर रानीको प्रेम कहानीमा सहायक निर्देशकको रुपमा काम गरेका छन्। अब उनी आफ्नो बाबुको फिल्मबाट अभिनयमा पनि डेब्यु गर्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अरहानले आफ्नै बाबुको फिल्म पटना शुक्ला बाट बलिउडमा डेब्यु गर्न लागेका हुन्। यो फिल्मको छायांकन डिसेम्बर २०२२ देखि सुरु हुने र २०२३ मा फिल्म प्रदर्शन हुने बताइएको छ ।

मलाइका र अरबाजले सन् १९९८ मा विवाह गरेका थिए । उनीहरुको विवाहको चार वर्षपछि अरहानको जन्म भएको थियो । हाल अरबाज र मलाइका अलग छन्। उनीहरुले सन् २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए ।

मलाइका अभिनेता अर्जुन कपूरसँग विवाह गर्ने तयारीमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४