काठमाडौं। शनिबार जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ को प्रितीमा ट्याक्टर पल्टदाँ ट्याक्टरमा सवार एक जनाको ज्यान गएको छ ।
लिखुको बेनी मेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडा भन्ने ठाउँमा पल्टीदाँ स्थानीय प्रेमबहादुर सुनुवारको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य तीन जना घाइते भएका छन् । घाईते मध्य एक जनाको अबस्था भने गम्भिर रहेको पनि प्रहरिले जनाएको छ ।