Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिस वर्ल्ड जितेको २२ वर्षपछि प्रियंकाको उपाधि विवादमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १९ २०७९
  • 18.7K
    SHARES

एजेन्सी । मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि भारतीय अभिनेत्री तथा मिस वर्ल्ड प्रियंका चोपडा विवादमा तानिएकी छन् । मिस वर्ल्ड सन् २००० मा सहभागी भएकी पूर्व मिस बार्बाडोस लीलानी म्याक्कनेनले प्रियंकामाथि गम्भीर आरोप लगाएकी छन् ।

प्रियंकासँगै मिस वर्ल्ड २००० मा सहभागी रहेकी लीलानी म्याक्कनेन एक युट्युबर पनि हुन् । उनले सोही युट्युबको एउटा भिडियोमा सन् २००० को मिस वर्ल्ड प्रतियोगितामा प्रियंकाको जितलाई फिक्स गरिएको भन्दै गम्भीर आरोप लगाएकी हुन् ।

उनले आफ्नो भिडियोमा कसरी मिस वर्ल्ड प्रतियोगितामा प्रियंकालाई विशेष व्यवहार गरिएको बताएकी छन् । लीलानी म्याक्कनेन भनिन्, ‘सबै प्रतियोगी सुन्दरीहरू खाना खान एकै ठाउँमा जम्मा हुने गर्थे, प्रियंकाले आफ्नो ओछ्यानमा नाश्ता गर्ने गर्थिन् । उनलाई आफ्नै ओछ्यानमा खाना पुर्‍याउने गरिन्थ्यो। प्रियंकालाई विशेष ट्रिटमेन्ट दिएको थियो ।’

आज प्रियंका चोपडा बलिउड अभिनेत्री मात्र नभई ग्लोबल स्टार बनेकी छिन् । प्रियंकाले भारतबाट अन्तर्राष्ट्रिय फिल्ममा आफ्नो छाप छोडेकी छिन् । बलिउडकी देशीगर्लदेखि लिएर ग्लोबल स्टार बनेकी प्रियंकामाथि मिस वर्ल्डको जितलाई मिलेमतो (फिक्स) भएको आरोप लागेको छ ।

लीलानीले प्रियंकासँगको पक्षपातको बारेमा बताउँदै भनिन्, ‘स्विमसुट राउन्डमा प्रियंकाले स्विमसुट ड्रेस लगाएकी थिइनन् । प्रियंका एक मात्र प्रतियोगी थिइन् जसलाई सोरङ (लामो कपडा) लगाउन अनुमति दिइएको थियो । उनले आफ्नो छालाको टोन ठीक गर्न केही स्किन टोन क्रिम लगाइरहेकी थिइन्, जुन ठीक नभएको कारण उनलाई स्विमसुटको सट्टा सरोङ लगाउँन दिइएको थियो ।’

लीलानीले यो पनि आरोप लगाइन् कि ड्रेस डिजाइनरले प्रियंकालाई फिट हुने ड्रेस डिजाइन गरिन् भने बाँकी प्रतिस्पर्धीको ड्रेस फिट थिएन । उक्त आरोपपछि लीलानीको भिडियो भाइरल बनिरहेको छ ।

लीलानीले भिडियोमा प्रियंकालाई त्यो प्रतियोगितामा कसैले मन नपराएको र राम्रो नभएको पनि बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४