Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन सफल पार्न सुनसरीमा सेना परिचालन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १८ २०७९
  • 3.4K
    SHARES

काठमाडौं  । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सफल बनाउन सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ ।

जिल्ला सुरक्षा समितिले सुनसरीका सम्वेदनशिल र अति सम्वेदनशिल क्षेत्रमा आज शुक्रबारदेखि सेना परिचालन गरी गस्ति सुरु गरेको हाे । निर्वाचन शान्तिपूर्ण र भयरहित सम्पन्न बनाउनका लागि सुनसरीको धरान तथा इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी र बराहक्षेत्र नगरपालिकामा सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयाे ।

उहाँले कोशी, भोक्राहा नर्सिङ, हरिनगरा, देवानगन्ज र अमडुधा गडी गाँपालिकामा समेत सेना परिचालन गरिएको बताउनुभएकाे हाे । प्रमुख यादवले कृष्णदल गण इटहरीका प्रमुख सेनानी अर्जुन दलालको नेतृत्वमा ४ वटा गुल्मको सेनाको जनशक्ति निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको बताउनुभयाे । उहाँले निर्वाचनका लागि सुनसरीमा ४ सय ४० नेपाली सेना, १ हजार ५ सय ८१ नेपाल प्रहरी, ८ सय ७३ सशस्त्र प्रहरी, १६ जना राष्ट्रि अनुसन्धान र २ हजार ५ सय ५९ म्यादी परिचालन गरिएको बताउनुभयाे ।

निर्वाचन सफल बनाउन मन्त्रिपरिषदको बैठकको निर्णयले देशभर सेना परिचालन गर्ने निर्णय गरेकाे थियाे । साेही निर्णय अनुसार सुनसरीका ४ वटै निर्वाचन क्षेत्र र १२ वटै पालिकामा सेनाको सेनानीको कमाण्डमा आवश्यकता अनुसार सेना परिचालन गरिएको प्रमुख सेनानी दुलालले जानकारी दिनुभएकाे छ ।

उहाँले निर्वाचनमा हुने सम्भावित अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सेनाको टोलीले २४ सैं घण्टा निगरानी बढाएको बताउनुभयाे । सेनाले सुनसरीका मतदान स्थल र अपराध हुने सम्भावित क्षेत्रमा गस्ति गर्ने भएकाे छ । निर्वाचन बिफल पार्ने समूहले गस्तिमा रहेको सुरक्षाकर्मीको समूहलाई आक्रमण गरे गाेली हान्ने आदेश समेत दिएको सुरक्षा श्रोतले बताएको छ ।

४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा पूर्व उपप्रधान तथा गृहमन्त्री विजय गच्छदार, सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रदेश-१ का पूर्व मुख्यमन्त्री भीम आचार्य र पूर्वमन्त्री अशोक राई चुनावी प्रतिस्पर्धामा रहेकाले सरकाले सुनसरीको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४