Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यकः उपाध्यक्ष पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १८ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताउनुभएको छ ।

आज शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा आसन्न निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको सुरुवात गर्दै उहाँले विशासको मार्गमा देशलाई अघि बढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताउनुभयो ।

उहाँले नेकपा एमालेले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितालाई ध्यान दिइ निश्चित संख्यामा घरदैलो अभियानमा सहभागी बनेको बताउनुभयो । उहाँले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकार नेकपा एमालेको बनेपछि पनि गरेका प्रतिवद्धता पूरा गर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई भारी मतले विजय गराउन पनि मतदातासमक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४