काठमाडौं । आगामी मङ्सिर ४ गतेको निर्वाचनको महायज्ञमा होमिएका रामेछापका लोकतान्त्रिक वाम गठबन्धन दलका उम्मेदवारहरु अझ बलियो बन्दै गएका छन् । टिकटका आकांक्षि धेरै भएका कारण उम्मेदवारी मनोनयन गरे लगत्तै ति दलहरुमा केहि समस्या देखिएको भएपनि अहिले सवै मिलेर गएको गठबन्धन दलका नेताहरुले बताएका छन् ।
आन्तरिक समस्याका कारण केहि असन्तुष्टिहरु गठबन्धनमा देखिएको भएता पनि तिहार सकिएसंगै अहिले गठबन्धनका दुइ ठुला दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सवै नेता तथा कार्यकर्ताहरु चुनावी माहौलमा होमिएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्जार्च एवं केन्द्रिय सदस्य श्यामकुमार श्रेष्ठले बताउनुभएको छ । यस अगाडि निर्वाचनको घरदैलो कार्यक्रममा नदेखिएका नेता तथा कार्यकर्ताहरु समेत अहिले नागरीकहरुको घर घरमा मत माग्न पुगेको नेपाली काँग्रेस रामेछापका एक नेताले जन प्रहारलाई बताएको छन ।
अहिले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सवै नेता तथा कार्यकर्ताहरु एक भएर घरदैलो कार्यक्रम गर्दै हिडेको नेपाली काँग्रेस रामेछापका सभापति एवं उक्त पार्टीबाट संघिय सांसदका लागि उम्मेदवार बनेका पूर्णबहादुर तामाङ्ग (कान्छाराम ) ले जन प्रहारलाई बताउनु भयो । गठवन्धन दल भित्रको एकतासंगै अहिले संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ( कान्छाराम ) र प्रदेश सभातर्फ प्रदेश सभा १ मा तारानारायण श्रेष्ठ र प्रदेश सभा २ मा युवराज चौंलागाईंले अन्य उम्मेदवारलाई धेरै पछाडि पारेका छन् ।
निर्वाचनको दौडमा लोकतान्त्रिक वाम गठबन्धन निकै आगाडि रहेको ति दलका नेताहरुको दावी छ । सामाजिक कामले राजनितिमा स्थापित भएका नेपाली काँग्रेसका संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग २०७४ सालको आम निर्वाचनमा समेत संघिय संसदका लागि झिनो मतले पराजित भएका थिए । त्यतिवेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठवन्धन हुँदा समेत थोरै मतको अन्तरले पराजित तामाङ्ग अहिले ६० हजार भन्दा बढी मत ल्याएर विजयी हुनेमा विश्वस्त रहेका छन् ।
उनले आफ्ना प्रतिस्पर्धि एमालेका कैलाश प्रसाद ढुंगेललाई आधा भन्दा बढी मतले पछाडि पार्ने दावी गरेका छन् । यद्यपी नेकपा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुंगेल पनि चुनावी मैदानमा कस्सिएर लागेका छन् । प्रदेश सभा १ मा पनि नेकपा माओवादी केन्द्रका तारानाराण श्रेष्ठ र प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका युवराज चौंलागाई पनि नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल र मिलन घिसिङ्ग भन्दा निकै आगाडि भएको गठबन्धन दलको दावी रहेको छ ।