Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज खण्डग्रास सूर्यग्रहण, आठ राशीमा ग्रहणको प्रभाव नकारात्मक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ८ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिएका छन्  । ‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुदैन,’ उनले भनेका छन्  ।

दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रहण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए । नेपालमा ४ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ ।

सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताएका छन्  । बालक, बृद्ध र विरामीहरु बाहेक अन्यको लागि भोजनादि निषेध छ । सूर्यग्रहण सकिएपछि भोलिपल्ट बिहान सूर्योदय भएपछि मात्र भोजन गर्ने गरिन्छ ।

त्यसलाई निशी बार्ने भनिन्छ । जसका माता पिता दुवै जनाको मृत्यु भएको छ भने मात्र औँशीको दिन निशी बार्ने चलन छ । आज बिहान सूर्योदय ६ः१० मा भएको छ भने सूर्यास्त ५ः२६ मा हुनेछ । चित्रा नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा तुला राशिमा रहेको छ । आजका देवता यमराज र ग्रहदेव शनि रहेको छ । आजको दिन इष्टदेव, कुलदेवको स्मरण, ध्यान, जप, योगमा दिन विताउनु उत्तम हुनेछ ।

ग्रहणका विभिन्न दोषहरु हुन्छन । विभिन्न राशि भएका ब्यक्तिलाई,शुभ लाभ, हानी, कष्ट भनिए पनि सबैका लागि ग्रहणको प्रभाव नकारात्मक हुने गर्दछ । त्यसैले आजको दिन मौन रहनु, उत्तम हुन्छ । कुनै नयाँ काम र नयाँ कार्यलाई पनि निषेध गरिएको छ । कसैसँग पनि विवाद हुने कुरा र काम त गर्दै गर्नु हुँदैन । भगवननाम स्मरण नैं आजको दिनको सबैभन्दा ठूलो उपलब्धी हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४