Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भटौलीमा वडा कप शुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ७ २०७९
  • 5.3K
    SHARES

काठमाडौं । मन्थली नगरपालिका वडा नं–७ भटौलीमा आजदेखि दोस्रो भटौली वडा कप अन्तर्गत खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

खेलकुद बिकास समिति मन्थली न.पा. वडा नं–७ को आयोजनामा सुरु भएको उक्त खेलका बिजेताहरु प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरिने छ भने नगद ५ हजार सहित शिल्ड सान्त्वना हुनेलाई बितरण गरिने आयोजकले जनाएको छ ।

खेलकुद बिकास समिति म.न.पा–७ का संयोजक मानोज माझीको अध्यक्षतामा चलिरहेको उक्त खेलको उद्घाटन रेफ्रीलाई वल हस्तान्तरण गरेर मन्थली नगर प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो ।
२ दिन सम्म चल्ने बताइएको सो खेलको उद्घाटन खेल भटौली बि ले जितेको छ । भटौली ए र बि विच भएको प्रतिस्पर्धामा भटौली बि ले ए लाई २५–१६ र २६–२४ को सोझो सेटमा पराजित गरेको हो ।

७ वटा समुह सहभागि रहेको उक्त खेलकुद प्रतियोगिताको उद्घाटन का अवसरमा नगर प्रमुख श्रेष्ठ, सो वडाका वडा अध्यक्ष भुवन हरी प्रसाई, ८ नं वडाका वडा अध्यक्ष गोपाल श्रेष्ठ र ७ नं का वडाका वडा सदस्य खिरलाल तामाङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमका अबसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरको समृद्धिका लागि खेलकुद अति आबश्यक भएकोले मन्थली नगरका १४ वटै वडामा यस्ता खेलकुदहरु बेला बेलामा भैरहनुपर्ने बताउनुभयो ।
“राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई चरितार्थ गर्न आयोजना गरिने यस्ता खेलहरुले युवा वर्गको स्फूर्ति बढनुका साथै मनोरन्जन पनि हुने बताउनुभयो । उहाले नगरले सुरुमै अघि सारेका शिक्षा, स्वास्थ्य खानेपानी को समुचित ब्यवस्थाका लागि नगरपालिका लागिपरेको बताउनुभयो ।

सो अवसरमा स्थानीय माझी समुदायका वालिकाहरुले नृत्य प्रदर्शन गरेका थिए । उक्त खेलमा प्रदेश स्तरीय रेफ्रीहरु क्रमश ध्रुव पौडेल र शुक्र बहादुर माझीले आ आफ्नो जिम्मेवारी वहन गरिरहनुभएको छ । प्रतियोगिता फाइनल खेल सहित मंगलवार सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४