Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनको सैनिक नेतृत्व ७२ वर्षीय चाङ योसियालाई


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ६ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले केन्द्रीय सैन्य आयोग (सीएमसी) को उपाध्यक्षको जिम्मेवारी ७२ वर्षीय चाङ योसियालाई दिने भएको छ । पार्टी महासचिव स्वयं अध्यक्ष रहेको उक्त शक्तिशाली आयोगको नेतृत्व पाउन लागेका चाङ सर्वोच्च नेता बनेका सीका विश्वास पात्र मानिन्छन् ।

यो आयोग चीनको सम्पूर्ण सैन्य र सुरक्षासम्बन्धी कार्यहरूको निर्णायक निकाय हो । यस मातहत चिनियाँ जनमुक्ति सेना र प्रहरी दुवै रहन्छन् । यसलाई सैनिक नीति निर्माण तथा कार्यान्वयन गराउने निकायका रूपमा चिनिन्छ ।

चाङ सर्वोच्च नेता सीका विश्वास पात्र भएकै कारण यो जिम्मेवारी दिन लागिएको विश्लेषण हुन थालेको छ । सीले सीपीसीको नियमअनुसार उमेर हद बाँकी रहेका तीनजना जर्नेललाई पार्टिको केन्द्रीय कमिटीबाट बिदाइ गरेर चाङलाई यो जिम्मेवारी दिन थालेपछि उनले आफ्नो नयाँ कोर टिमलाई थप विश्वासिलो बनाउन खोजेको र त्यहीअनुसार जिम्मेवारी दिएको चर्चा भइरहेको छ ।

अघिल्लो कार्यकालमा सैन्य आयोगका उपाध्यक्ष रहेका सुइ चिल्याङ, रक्षामन्त्री रहेका वे फङ्कु र संयुक्त स्टाफ विभाग प्रमुख ली झुवचेङले केन्द्रीय समितिबाटै अवकाश लिएका छन् । तर पुरानो सैन्य कमाण्डअन्तर्गतका आयोगको राजनीतिक विभागका जर्नेल मियाओ हुआ र सैन्य अनुशासन विभागका जर्नेल चाङ सेङमिन भने अहिले पनि केन्द्रीय समितिमा नै छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४