Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘डिसेम्बर फल्स’को पोस्टर र रिलिज मिति सार्वननिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ को पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ । शुक्रवार निर्माण टिमले चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुष १५ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकेको छ ।

सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देललाई रिसाहा अवतारमा देख्न सकिन्छ भने अर्को पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोशाकमा रगताम्मे हातले एउटा आँखा छोपेको अवस्थामा देखिएकी छन्।प्रविण झा निर्देशित उक्त चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय छ ।

लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्माता राज कुमार भट्ट हुन् । बनिश शाहले सम्पादन गरेको यो फिल्मको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् । रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता राम प्रसाद रिजाल हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४