Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म ‘कान्तारा’ लाई लिएर कर्नाटक सरकारकाे दैव नर्तकप्रति यस्तो निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 4.1K
    SHARES

एजेन्सी । दक्षिण भारतीय कन्नड भाषाको फिल्म ‘कान्तारा’ मा दर्शकको मात्र नभई सरकारमा पनि ठुलो प्रभाव देखिएको छ ।

देवताको भेषमा नर्तक बन्ने र पूजा गर्ने मानिसहरूबाट प्रेरित भएर फिल्म ‘कान्तारा’ बनेको छ । अहिले कर्नाटक सरकारले उक्त फिल्मबाट प्रभावित भएर ६० वर्ष उमेर पूरा गरेका दैव नर्तकहरूलाई मासिक २ हजार सम्म भत्ता दिने घोषणा गरिएको छ ।यो कुराको घोषणा गर्दै लोकसभा सांसद पीसी मोहनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘भाजपा (भारतीय जनता पार्टी) नेतृत्वको कर्नाटक सरकारले ६० वर्ष उमेर पूरा गरेका सबै दैव नर्तकहरूलाई मासिक २ हजार रुपैयाँसम्म भत्ता दिने घोषणा गरेको छ ।’

भूत कोला कर्नाटकको ग्रामीण क्षेत्रमा मनाइने एक प्रथा हो। यसमा गाउँका मानिसहरूले देवताको पूजा गर्छन्। पूजाको समयमा गाउँका मानिसले देवीको पहिरन लगाएर नाच्न थाल्छन् ।यसरि नृत्य गर्ने व्यक्तिलाई दैव नर्तक भनिन्छ।

नाचको समयमा मानिस भित्र देवताहरु आउने विश्वास छ । यस क्रममा दैव नर्तकले जे भने पनि गाउँलेलाई भगवानको आदेश मान्छन् , ‘कान्तारा’ चलचित्रको कथा पनि यही प्रथामा आधारित छ ।

होम्बले फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘कान्तारा’ लाई ऋषभ शेट्टीले निर्देशन गरेका हुन् । फिल्मको मुख्य कलाकारको भूमिका पनि ऋषभ शेट्टीले नै निभाएका छन् । फिल्मले २० दिनमा विश्वभर १ सय ७१.४१ करोड कमाएर गरेकाे छ ।

यो फिल्म कन्नड उद्योगको तेस्रो धेरै कमाउने फिल्म बनेको छ । यस बाहेक त्यहाँ धेरै चल्न सफल फिल्म केजीएफ र केजीएफ २ मात्रै थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४