Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डडेल्धुरामा एमाले र बिपी कांग्रेसबीचको चुनावी तालमेल भंग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २९ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । नेकपा (एमाले) डडेल्धुराले नेपाली कांग्रेस (बिपी) सँगको चुनावी तालमेल भंग गरेको छ ।

सहमतिविपरीत बिपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको भन्दै एमालेले चुनावी तालमेल भंग गरेको हो ।

एमाले जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद र सचिव गजेन्द्र शाहीले जारी गरेको विज्ञप्तिमा एमाले एकल रूपमा चुनावमा जाने उल्लेख छ ।

यसअघि बिपी कांग्रेससँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका थिए ।

डडेल्धुरामा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४