Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवौं राष्ट्रिय खेलकुदमा कुस्ती र सेपाताक्रो खेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २९ २०७९
  • 5.3K
    SHARES

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिवारदेखि कावासोतीमा शुरू हुने कुस्ती र सेपाताक्रोको सबै तयारी पूरा भएको छ ।

कावासोतीस्थित रहेको योङ स्टार क्लबको कर्भडहलमा सेपाताक्रो र कुस्ती थारु राष्ट्रिय संग्रहालय डन्डाको सभाहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ ।

खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साज सज्जादेखि खेलाडी, प्राविधिकलाई आवाससम्मको प्रबन्ध भइसकेको नेपाल सेपाताक्रोका केन्द्रीय अध्यक्ष एवं सेपाताक्रो खेल संयोजक नेत्र गुुरुङले जानकारी दिए । उनका अनुसार शनिवार बिहान ७ बजे विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिनेछ ।

प्रतियोगिता व्यवस्थापनका लागि जिल्ला खेलकुद विकास समिति नवलपुरका सदस्य व्यवस्थापकीय तयारीका काममा सक्रिय छन् । कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा कुस्तीतर्फ पुरुष ९१ र महिला ६९ गरी १६० जना र सेपाताक्रोतर्फ ९८ जना खेलाडीले भाग लिनेछन् ।

महिला र पुरुषको फरक–फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका टीमले भाग लिने छन् भने कुस्तीतर्फ ७ वटा प्रदेश र ३ वटा विभागीय टीम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टीमले भाग लिने छन् । अधिकांश टीमका खेलाडी र प्राविधिक बिहीवार नै जिल्लामा आइसकेको प्रतियोगिता व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४