Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनका उमेद्वारहरुलाई जिताउनु आजको अपरीहार्यता–“कान्छाराम ”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २६ २०७९
  • 3.2K
    SHARES

©नेत्र बहादुर कार्की ।

काठमाडौं । रामेछाप गठबन्नधनको तर्फबाट उमेद्वार बन्नुभएका प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ (कान्छारामले) गठबन्धनका उमेद्वारहरुलाई जिताउनु आजको अपरिहर्यता भएको बताउनु भएको छ । सो कुरा उहाले मंगलवार मन्थलीमा नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरुसँगको अन्तरकृयात्मक कार्यक्रमका अवसरमा बताउनु भएको हो ।

सो अबसरमा बोल्दै उहाँले वर्तमान अबस्थामा गठबन्धन अपरिहार्य भएकोले नेपाली काँग्रेसले नेकपा माओवादी लगाएतका पार्टिहरु सँग गठबन्धन गरेको भन्दै सो मा आबद्ध साझा उमेद्वारहरुलाई जिताउने अभियानमा निश्पक्ष रुपमा सहायोग गर्न पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाले लोकतन्त्रको संरक्षण र आम सञ्चार माध्यमहरुको संस्थागत बिकासका लागि पनि गठबन्धनलाई जिताउनै पर्ने कुरालाई जोड दिनुभायो ।

उहाले बिगतमा नेकपा एमालेले सर्ब सत्ता बादि सोचका साथ प्रतिपक्षहरु समेतलाई पाखा लगाउदै संसद बिघटन गरेर आफ्नो असली रुप प्रदर्शन गरेको र त्यसको रक्षाको लागि प्रचण्ड र माधब नेपाल लगाएतका नेताहरुले नेपाली काँग्रेस पार्टिलाई सरकारको नेतृत्व गर्न हार गुहार गरेकै कारण वर्तमान गठबन्धन बनेको र उक्त गठबन्धनलाई थप ५ बर्ष लैजानु पर्ने भएकोले त्यसका लागि पनि गठबन्धनका साझा उमेद्वारहरुलाई जिताउन रामेछापेली मतदाता सँग अनुुरोध गर्नुभयो ।

उहाले बिगत बर्षहरुदेखि नै नागरिक हरुको पक्षमा गरेका ( सडक निर्माण,एम्बुलेन्स बितरण, सुत्केरी, बिपन्न तथा गम्भिर प्रकृतिका बिरामीहरुको हेलिकप्टर तथा एम्बुलेन्स बाट उद्धार,कोभिडको बेला निःशुल्क एम्बुलेन्स सेवा) लगाएतका दर्जनौ सामाजिक कामहरुको स्मरण गराउदै यसलाई पनि आफुले निर्वाचित हुने आधार बनाएको बताउनुभयो ।

कार्यक्रममा पार्टि उपसभापति लेख बहादुर कार्की, सचिब दिपक खड्का, प्रवक्ता नारायण बोगटी, कोषाध्यक्ष लव बहादुर थापा मगर सहित प्रेस युनियनमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४