Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनभित्र भागबण्डा नमिल्दा एमालेको टिकट वितरणमा ढिलाइ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १७ २०७९
  • 7.4K
    SHARES

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र सिट बाडफाडमा सहमति नजुट्दा नेकपा एमालेको टिकट वितरणमा ढिलाइ भएको छ । गएको बिहीबार बसेको सचिवालय बैठकमै उम्मेदवारबारे मोटामोटी सहमति भए पनि एमालेले टिकट वितरणबारे अन्तिम निर्णय गरेको छैन ।

भागबण्डा गर्दा टिकट नपाउने सत्तारुढ गठबन्धनका असन्तुष्ट नेता तान्ने रणनीति लिएकाले एमालेमा टिकट वितरणमा ढिलाइ भएको नेताहरु बताउँछन् । ५६ प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस भएको र बाँकी ठाउँको निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएकाले पनि एमालेमा टिकट वितरणमा ढिलाइ हुनुपर्ने कारण देखिदैन । उपाध्यक्ष सुवास नेम्वाङ पनि उम्मेदवारहरू लगभग तय भइसकेको बताउँछन् । ‘धेरै ठाउँको उम्मेदवार टुंगिसकेको छ । हाम्रोमा केही समस्या छैन’, उपाध्यक्ष नेम्वाङ भन्छन् । तर गठबन्धनमा भागबण्डाको कुरा नमिल्दा एमालेले पनि दशैं अगाडि टिकटबारे कुनै निर्णय नगर्ने भएको छ ।

अध्यक्ष ओली आज (सोमबार) बिहान ११ बजे गृह जिल्ला झापा जाँदैछन् । टीका लगाएर मात्रै ओली काठमाडौं र्फकने भएकाले दशैं अगाडि एमालेको टिकट वितरणको सम्भावना टरेको हो ।

दशैं टीका सकेर निर्णय गर्दा पनि एमालेमा फरक नपर्ने नेताहरु बताउँछन् । ‘कसले चुनाव लड्छ भन्ने कुरा धेरै ठाउँमा लगभग फाइनल जस्तै छ, एक दुई दिन ढिलो हुँदैमा फरक पर्दैन’उपाध्यक्ष युवराज ज्ञवाली भन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतसँग तालमेल नटुंगिदा पनि एमालेको टिकट वितरणमा ढिलाइ भइरहेको छ ।

यी दुवै दलसँग एमाले नेताहरू वार्तामा छन् । तर यी दलहरुसँगको तालमेल भन्दा पनि सत्तारुढ गठबन्धनमै देखिन सक्ने असन्तुष्ट नेताहरुको लाभ उठाउन सकिने बुझाइकै कारण एमालेले ढिलाइ गरिरहेको छ ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, गठबन्धनको निर्णयबारे स्वतः चासो हुने बताउँछन् । ‘एमालेको टिकटको समस्या छैन । सत्तारुढ गठबन्धनमा भ्यागुटाको धार्नी पुर्याउनुपर्ने भएकाले उहाँहरु संकटमा हुनुहुन्छ’ रिजाल भन्छन्, ‘स्वभाविक रुपमा दुई पक्षीय प्रतिश्पर्धा हुने भएकाले सत्तारुढ गठबन्धनले के गर्छ भन्ने कुरा प्रमुख प्रतिपक्षलाई स्वतः चासो हुन्छ ।
गठबन्धनभित्रको असन्तुष्ट दल र नेता तान्न नसकिएपनि उम्मेदवार हेरेर आवश्यक निर्णय लिनु उपयुक्त हुने बुझाइमा एमाले नेताहरु छन् ।

स्थानीय चुनाव लगत्तैबाट सिट भागबण्डाको गृहकार्य थालेको सत्तारुढ गठबन्धनमा भने अझै सहमति जुट्न सकेको छैन । प्रतिनिधि सभाको १६५ र प्रदेश सभाको ३३० सिटमा भागबण्डा नमिल्दा गठबन्धनका सबै दलभित्र असन्तुष्टि देखिएको छ । त्यो असन्तुष्टि हल गर्दै साझा उम्मेदवार तय गर्न भएको ढिलाइको असर एमालेमा पनि देखिन पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४