Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’ ट्रेलर : काठमाडौंमा घरको सपना देख्नेको कथा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १४ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । दयाहाङ राई र विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म ‘के घर के डेरा’को औपचारिक ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले काठमाडौंमा घर बनाउन संघर्ष गर्नेहरुको कथा पेस गर्छ । डार्क कमेडी ड्रामालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

काठमाडौंमा घर बनाउन सपना देख्ने मध्यमवर्गीय परिवारको सपना, उक्त सपना पूरा गर्न सीधा र घुमाउरो दुई अलगबाट बाटोबाट अघि बढ्ने चरित्रहरु र नियतिलाई फिल्मले दर्शाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता कार्कीले यस फिल्मबाट आफूले अपेक्षा गरेको बताए । निर्देशक खनालले चाहिं अधिकांश सहरिया दर्शकले फिल्मसँग आफूलाई रिलेट गर्ने बताए ।

‘पशुपति प्रसाद’बाट निर्देशक खनाल र अभिनेता कार्कीको यो दोस्रो सहकार्य हो । ‘झोले’पछि दयाहाङ र दीपेन्द्रको पनि अर्को सहकार्य हो । सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झाको समेत प्रमुख भूमिका रहेको फिल्म तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुँदैछ ।

शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४