Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकता कपूर र उनकी आमाविरुद्ध पक्राउ पुर्जी जारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 4K
    SHARES

एजेन्सी । टिभी सिरियल तथा फिल्म उद्योगकी चर्चित निर्माता एकता कपूर र उनकी आमा शोभा कपूरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहारको बेगुसराय सिभिल अदालतले एकता र उनकी आमा शोभाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले वेब सिरिज ‘थ्री-एक्स’ सिजन २ को सम्बन्धमा यो पक्राउ पुर्जी जारी गरेको हो। यो वेब सिरिजमा सैनिककी श्रीमतीको बारेमा एक अन्तरंग दृश्य देखाइएको थियो।सेनाको अपमान भएको र उक्त दृश्यमाथि आपत्ति जनाउँदै गत वर्ष बेगुसराय अदालतमा मुद्दा दर्ता गरिएको थियो । यस विषयमा अदालतले हालै पक्राउ पुर्जी जारी गरेको छ ।

बेगुसरायका वकिल ऋषिकेश पाठकले गत वर्ष निर्माता एकता र उनकी आमा शोभाले उक्त वेब सिरिज बनाएको बताए । वेब सिरिजमा देशको रक्षा गर्ने भारतीय सैनिकलाई देखाइएको थियो। ड्युटीमा हुँदा उनकी श्रीमतीले साथीलाई बोलाएर सेनाको पोसाक लगाएर शारीरिक सम्बन्ध बनाएकाे दृश्य देखाइएकाे छ ।

यस सम्बन्धमा एकता र उनकी आमा शोभाविरुद्ध विभिन्न जिल्लामा मुद्दा दर्ता भएको वकिल पाठकले बताए । यस मुद्दामा एकताले आफ्नो सफाइ पनि पेस गरेकी थिइन् । उनले त्यसपछि वेब सिरिजमा उक्त दृश्यलाई छोट्याएकी थिइन् ।

अब भने दुवै जनालाई उपस्थित हुन अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४