Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी उपराष्ट्रपति ह्यारीस दक्षिण कोरियाको भ्रमणमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारीस दक्षिण कोरिया पुग्नुभएको छ ।

अमेरिकी उपराष्ट्रपति जापानको भ्रमण लगत्तै दक्षिण कोरिया पुग्नुभएको हो ।जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको अन्त्येष्टि समारोहमा सहभागी भएर उपराष्ट्रपति ह्यारीस दक्षिण कोरियाको भ्रमणमा जानु भएको हो ।

उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा दुई वटा ब्यालेसिटक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट उपराष्ट्रपति ह्यारीस दक्षिण कोरिया पुग्नुभएको हो ।

उत्तरको कदमको दक्षिण कोरिया र जापानले निन्दा गरेका छन् । दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त अभ्यास गरेलगत्तै उत्तरले सो क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि आणविक हतियारको परीक्षण गर्न प्रतिवन्ध लगाएको छ । तर, उत्तरले सो प्रतिबन्धको बेवास्ता गर्दै हालैका वर्षहरुमा नियमित रुपमा आणविक हतियारको परीक्षणहरु गर्दै आएको छ ।

प्योङयाङको क्षेप्यास्त्रले जापान र दक्षिण कोरियाबीच सैन्य अभ्यास गर्नुअघि गत आइतबार अर्को क्षेप्यास्त्र प्रहार गरेको थियो ।

दक्षिण कोरियाका अधिकारीहरुले उत्तरले प्रक्षेपण गरेको क्षेप्यास्त्र ३० किलोमिटरको उचाइमा पुगेको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४