Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“अन्य दल भन्दा आन्तरिक गठबन्धन बलियो बन्नु पर्छ” नेता खतिवडा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १० २०७९
  • 3.6K
    SHARES

काठमाडौं । समाजसेवी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अन्य दलसंगको गठबन्धन भन्दा आन्तरिक गठबन्धन बलियो बनाउनु पर्ने बताएका छन् । आउँदो निर्वाचनमा गठबन्धनको माध्यमबाट कांग्रेसलाई ठूलो र शक्तिशाली पार्टी बनाएर ५ वर्षे नेतृत्व कांग्रेसले गर्नु पर्ने उनको भनाई रहेको  छ ।

सोमबार आज नेपाली कांग्रेस रामेछाप नगरपालिका कार्यसमितिले आयोजना गरेको चाडबाड लक्षित दशैँ तिहार छठको  शुभकामना आदान प्रदान तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै नेता खतिवडाले यस्तो बताएका हुन् ।

रामेछाप जिल्लासँग बिगत लामो समय देखिको माया अटुट् रहेको र रहने छ, भन्दै उनले कांग्रेस आन्तरिक रूपमा बलियो र मजबुत बन्नु पर्नेमा जोड् दिएका छन्  । उनले भने “अन्य दलसँगको गठबन्धन भन्दा पहिला पार्टीको आन्तरिक गठबन्धन नै ठूलो शक्ति हो । चिन्ता आन्तरिक मन मुटाबको हो । अहमताले राजा ढले, बाम गठबन्धनको सरकार ढल्यो ।”

त्यस्तै प्रभावशाली नेता खतिवडाले अबको निर्वाचनमा गठबन्धन गरेरै भए पनि कांग्रेसलाई ठूलो पार्टी बनाएर ५ वर्षमा विकासको नयाँ खाका कोर्न जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४