Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२०० करोडको मुद्रा अपचलन प्रकरणमा अर्को नयाँ खुलासा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ९ २०७९
  • 3.1K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजको ड्रेस डिजाइनर लिपाक्षीसँग २०० करोडको मुद्रा अपचलन मुद्दाको सोधपुछमा अर्को नयाँ कुराको खुलासा भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लिपाक्षीले सुकेश चन्द्रशेखरबाट ३ करोड रुपैयाँ लिएको स्वीकार गरेकी छन् । सेप्टेम्बर २१ मा, लिपाक्षीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा टोलीले करिब ७ घण्टा सोधपुछ गरेको थियो ।भारतीय सञ्चार टाइम्स नाउको रिपोर्टका अनुसार लिपाक्षीले ज्याकलिनलाई कपडा र उपहार दिन सुकेशले उनलाई ३ करोड रुपैयाँ दिएको बताइन् । तर, डिजाइनरले सुकेश पक्राउ परेपछि ज्याकलिनले सुकेशसँगको सबै सम्बन्ध तोडेको खुलासा गरेकी छन् ।

ईओडब्ल्यूका एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘सुकेशले ज्याकलिनको मनपर्ने ब्रान्डको दिन र कस्तो कपडा ज्याकलिनले मन पराउँछन् भन्ने बारे थाहा पाउन गत वर्ष लिपाक्षीसँग सम्पर्क गरेका थिए । उनले डिजाइनरबाट सुझाव लिएर जैकलिनलाई उपाहार दिए र साथै तीन करोड रुपैयाँ पनि दिए त्यो ३ करोड पैसा ज्याकलिनलाई मनपर्ने लुगा डिजाइनर गर्नका लागि चन्द्रशेखरले लिपाक्षीलाइ दिएका थिए ।’

२ सय १५ करोड रुपैयाँ फिरौतीको मुद्दामा जब ज्याकलिनको नाम आयो त्यसपछि उनी समस्यामा परेकी थिइन् । ठग सुकेशको फिरौतीबारे ज्याकलिनलाई थाहा थियो भन्ने केन्द्रीय निकायको विश्वास छ । ईडीले दायर गरेको आरोपपत्रमा सुकेशसँग ज्याकलिनको सम्बन्धले उनको परिवार र साथीहरूलाई पनि फाइदा पुगेको दाबी गरेको छ। तर, पछि ज्याकलिनले आफूमाथि लगाइएका सबै आरोप निराधार भएको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४