Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यपुर थिमि वडाव्यापी फुटबलको तयारी पूरा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ७ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाको आयोजना शनिबारबाट सुरु हुने मध्यपुर थिमि वडाव्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक मध्यपुर थिमि नगरपालिकाले पत्रकार सम्मेलन गरेर असोज ८ देखि कात्तिक ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

मध्यपुर युथ एशोसिएशनको संयोजनमा हुने लागेको प्रतियोगितामा थिमि नगरपालिकाका हरेक वडाले प्रतिष्पर्धा गर्दैछन् । आयोजकले सहभागी टोलीलाई राउण्ड रोविन लिग अनुसार खेलाउने तयारी गरेको छ ।

कुल ३६ खेल हुने प्रतियोगितामा हरेक वडाका टोलीले ८ खेल खेल्ने प्रतियोगिताका लिग निर्देशक र म्याच कमिस्नर एशोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन खेल वडा नं १ र ४ बीच दिउँसो तीन बजे प्रतिष्पर्धा हुने छ । प्रत्येक दिन २ खेल र आवश्यकता अनुसार ३ खेल समेत हुने छ ।

लिगमा प्राप्त अंकको आधारमा प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोली घोषणा गरिनेछ । प्रतियोगिताको विजेताले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतले १ लाख २५ हजार र तेस्रो हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

यस्तै, प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्ने छ । प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४