Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशी फिल्म सरह विकास शुल्क तिरेपछि ‘प्रेमगीत ३’को हिन्दी डबले पायाे अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ५ २०७९
  • 5.7K
    SHARES

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबले विदेशी फिल्म सरह १५ प्रतिशत विकास शुल्क तिरेपछि सेन्सर अनुमति पाएको छ ।

लामो समयदेखि हिन्दी डबमा भएको विवाद अन्तत: रोकिएको छ । बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचिलका निर्माता र वितरकलाई विकास शुल्क तिर्ने गरी सेन्सर अनुमतिको पत्र हस्तान्तरण गरे । चलचित्रको वितरकले भन्सार शुल्क बापत २० हजार रुपैयाँ समेत तिरेका छन् । चलचित्रको हिन्दी डबले नेपालमा गरेको कमाइको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने छ । विदेशी चलचित्रले मात्र १५ प्रतिशत शुल्क तिर्नुपर्ने नियम भएकाले नेपाली ‘प्रेमगीत ३’ले भने यो शुल्क तिर्नु पर्दैन ।

हिन्दी डबलाई लिएर कलाकर्मीहरू नै दुई भागमा बाँडिएका थिए । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विवाद उत्कर्षमा पुगेको थियो । यस चलचित्रका निर्माता सन्तोष सेनले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गर्दै निवेदन बुझाएपछि नेपाल चलचित्र निर्माता संघ त्यसको विपक्षमा रहेको थियो ।

निर्माता सेनले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गरेपछि निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी डबलाई नेपाली चलचित्र सरह सुबिधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्ति समेत दिएका थिए ।

चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया मार्फत मात्र सेन्सर गर्न सकिने बताए पछि चलचित्रले विदेशी चलचित्र झैं १५ प्रतिशत विकास शुल्क तिरर सेन्सर अनुमति पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४