Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला मात्रै होइन पुरुष पनि पीडित छन् यो समाजमा !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ४ २०७९
  • 4.8K
    SHARES

काठमाडौं । महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्द्धनको लागि राज्यले नीतिगत, कानुनी र संस्थागत सुधारका कार्यक्रमहरू संचालन गर्दै महिलाविरुद्धका सबै प्रकारका विभेद र हिंसाको अन्त्य गरेर हरेक छेत्रमा महिलाहरूलाई सहभागिताका लागि उनीहरुको क्षमतालाई वृद्धि गर्नु नै महिला सशक्तिकरण हो । महिला सशक्तिकरणको लागि राज्यले पनि कानुनी रुपमा विभिन्न प्रयासहरु गर्दै आइरहेको छ ।

विश्वका सामाजिक तथा सांस्कृतिक परिवेशहरु, विभिन्न परम्परागत संस्कृत वेद उपनिषद् तथा धर्मग्रन्थहरुको प्रभावबाट विकसित हुँदै आएको हो । जसका आाधारका महिलाको पशंसा सँगसँगै निन्दा पनि गरिएको पाइन्छ । प्रशंसा त्यस आधारमा गरिएको छ, जो महिलाहरु समाजले चाहेका मूल्यहरु, आदर्श, नम्र, जजालु, सहनशीलता, रुपवती, दुःख–कष्टमा समेत नबोल्ने, घर परिवारको सेवामा जीवन समर्पण गर्न लाग्ने गर्छन्, यस्ता महिलालाई आदर्श महिलाको रुपमा उच्च प्रशंसा गरिएको पाइन्छ ।

यस्तो परिवेशमा महिलामाथि हुने दमन तथा शोषणलाई समाजले महसुस गरेको पनि देखिँदैन । यसरी नै युगौँदेखि चलिआएको कुरीति, कुसंस्कार जुन महिलाको विकासको बाटोमा अवरोध छन् । तिनलाई बढवा दिन स्वयं महिला पनि जिम्मेवार देखिन्छन् । त्यसैले समय–समयमा महिला नै महिलाका शत्रु हुन् भन्ने चलन पनि छ । तर, वास्तवमा धेरै महिलाहरु महिलको शत्रु होइनन् । यसै परिवेशबाट विकसित हँदै आएको हाम्रो समाज संस्कृतिमा पनि र उनीहरुका हुने विभिन्न स्वरुपहरु विकसित भएको पाउँछौ । जसमध्ये पितृसत्ता पनि एक हो ।

वास्वविक सामाजिक संरचना पुरुषको बोलवाला भएको पुरुषप्रधान समाज हो, जहाँ पितृसत्ताले सिर्जना गरेको मूल्य–मान्यता र परम्पराहरुबाट समाज, परिवार, समुदाय हुँदै राज्य, देश र विश्व नै चलेको छ । पितृसत्ता पुरुषको वंश परम्परामा आधारित हुन्छ भने महिलाहरु पुरुषको आज्ञा आदेश र निर्देशनमा चल्दछन् । महिलाहरु पुरुषको अधीनता स्वीकार गर्न बाध्य हुन्छन् ।

पितृसत्तात्मक समाजमा महिलाको यौनिकतालाई सीमित दायरामा राखिएको हुन्थ्यो । जहाँ महिलाहरु यौनका प्रतीक हुन्, उनीहरु पुरुषका इच्छा र यौनभोक मेटाउन बनाइएको खेलौना हुन भन्ने सोचिन्थ्यो । यद्यपि पुरुषको यौनव्यवहारलाई स्वतन्त्रता प्रदान गरिएको छ भने महिलाको यौन व्यवहार पुरुषको कडा नियन्त्रण तथा अनुशासन, नैतिकता, मूल्य–मान्यता र कानुनले कडा बन्धनमा राखेको थियो ।

अठारौँ शताब्दीको अन्त्यतिर नारीवादी लेखन प्रकाशनमा आए । सर्वप्रथम फ्रान्सेली क्रान्तिले सन् १७८९मा डिक्लेरोसन अय डी राइट्स विमेन प्रकाशनमा आयो । सन् १८४८ पहिलोपटक न्युयोर्कमा महिला अधिकार सम्मेलन भएको थियो । त्यसबेला नै महिला र पुरुष समान रुपले यस धर्तीमा सिर्जिएका हुन् । तर, महिलामाथि भेदभाव कायम छ भन्ने आधिकारिका घोषणा गरिएको थियो । सन् १८६०–१८७० मा पनि अमेरिकाजस्तो शिक्षित देशमा महिलालाई मताधिकार थिएन । सन् १९२० मा आएर मताधिकार पाए । विस्तारै शैक्षिक राजनीतिक आर्थिक पक्षमा पनि महिला हक हित समानताका रुपमा देखियो ।

अर्को शब्दमा नारीवाद भन्नाले महिलाहरुले पुरुषसरह अधिकार र शक्तिको चाहना हो । तापनि धरैजसो महिला वा पुरुष महिलाहरुको पक्षधर हुन् । समानतामा विश्वास राख्दछन् तर उनीहरु आफूलाई नारीवादी भन्न रुचाउँदैनन् । वास्तवमा नारीवाद भनेको पुरुषविशेषको विरोध होइन । किनकी कतिपय पुरुषहरु सती प्रथाको विरोधमा, महिला शोषणको विरोधमा लागेका थिए र छन् पनि । चीनमा सौन्दर्यका हिसाबले केटीहरुको खुट्टा साना र सुलुक्क परेका हुनुपर्ने भनेर खुट्टालाई बाँधेर बढ्न नदिने चलन थियो । त्यो चलनको विरोध पनि पुरुषले नै गरेका थिए ।

नारीवादीहरुको केही विशेषता हुने गर्दछन् ।
१. उदारवादी नारीवादी : समानता प्राप्तीमा प्रयास गर्छन् र परिवर्तन खोज्छन् ।
२. अतिवादी नारीवादी : परिवार पुरुषले गर्ने महिला शोषणको समस्या बढी औँल्याउछन् र पुरुषको हैकमवादी प्रवृत्तिलाई आपत्तिलाई मान्दछन् । उनीहरु कानुनी र मताधिकार खोज्नुभन्दा यो व्यवस्था नै खतम हुनुपर्छ भन्दछन् ।
३. मार्क्सवादी नारीवादी : वर्गसंघर्षलाई असमान स्थितिको समाधान ठान्दछन् उनीहरु महिलाको शोषण हुनुमा पुरुष होइन पुँजीवादी व्यवस्था जिम्मेवार ठान्छन् र वर्गसङ्घर्षबाट समानता प्राप्तीमा विश्वास गर्छन् ।
४. समाजवादी नारीवादी : उदारवाद र माक्र्सवादका मिश्रित शैलीमा विश्वास राख्छन् । उनीहरु वर्गसङ्घर्ष तथा महिला पुरुषबीचका सम्बन्ध दुवैलाई महिलाको शोषणमा जिम्मेवार मान्दछन् । लिङ्गको अधारमा श्रम विभाजन हुन नहुने र समानतामा विश्वास गर्छन् ।

सन् १८३२ मा जोहन इन्टुवार्ट मिल र हेरियट टेलरले संयुक्त रुपमा एउटा पुस्तक लेखे जुन विवाह र सम्बन्धविच्छेदबारे थियो । तिनीहरुले पनि बच्चा सीतित पाउन र व्यवसाय गर्नुमै महिलाहरुको हित हुने कुरा लेखे । मिलले सन् १९६९ मा ‘डी सब्जेसन अफ विमेन’ लेखे । यस पुस्तकमा चाहिँ महिला पुरुष दुवैको बौद्धिक क्षमता समान छ, तसर्थ यी दुवैले निर्णयक भूमिका निर्वाह गर्नुपर्छ र राजनीतिमा महिलाहरुको मतदान गर्ने अधिकार पाउनुपर्दछ भन्ने उल्लेख गरे । सन् १९९८ मा प्रकाशित रोजमेरी पुटनामको ‘फेमनिस्ट थट’ नारीवादी अवधारण स्पष्ट पार्ने पुस्तक हो ।

भारतमा कमला भासिन, रन्जनाकुमारी सिंह, वन्दना सिवा, श्रीलङ्कामा विना अग्रवाल, अशोका वन्दराज लगायत नारीवादी लेखिकाको रुपमा अग्रपङ्तिमा आउँछ । नेपालमा शशीकला शर्माद्वारा प्रकशित ‘स्वास्नी मान्छे’ पत्रिकाको भूमिका अविस्मरणीय छ । पारिजात, देवकुमारी थापा, तोया गुरुङ, मन्जु काचुली, वानिरा गिरी, वेन्जु शर्मा, भद्रकुमारी घले, मोदनाथ प्रश्रितको ‘नारी बन्धन’ र ८ मुक्ति, डा. मिना आचार्य, वीणा प्रधान, इन्दिरा श्रेष्ठ, आरजु राणा देउवाको महिलला ८ विकास अनुसन्धानसँग परिचित छन् ।

डा. दुर्गा पोखरेलको ‘स्याडो ओमर साङ्ग्रिला’, दुर्गा घिमिरेको ‘जेल सम्झना’, शन्तलक्ष्मी श्रेष्ठको ‘जेन्डर सेन्सेटिभ प्लानिङ’, डा. अरुणा उप्रेतीको स्वास्थ्यसम्बन्धी पुस्तकहरु, शान्ता थपलियाको ‘पारिवारिक अदालत’, सीता पाण्डेको ‘यौन र अनुभूति’, गौरी प्रधानको ‘चेलीबेटी बेचबिखन’, जलेश्वरी श्रेष्ठको ‘लाभाका बाफहरु’, मङ्गलादेवीको ‘नारी सङ्घर्षका पाइलाहरु’, यिनले महिलाका मुद्दाहलाई अघि ल्याउन सहयोग गरे । पत्रपत्रिकामा अस्मिता, विदुषी, ऋचा, जत्रस, सञ्चारिका समूह प्रकाशन छन् । बबिता बस्नेत, सुलोचना मानन्धर, अमृता बास्कोटा, शोभा गौतम, सुषमा आचार्य, सबैले नारी अधिकारकाबारेमा भावना व्यक्त गरेका छन् ।

हिन्दु धर्म नेपालको प्रमुख र प्राचीन धर्म हो । नेपालका ऐतिहासिक कालदेखि वर्तमानसम्म ई.पूं २००० देखि २०७९ तत्कालीन समयम आर्यहरुले प्राकृतिक प्रकोप नहोस् सन्तानोत्पत्ति हास्, विपत्तिको नाश होस् भन्ने मनसायले पूजा आराधना गर्न लागियो । देवी देवताको कल्पना गरियो । प्रत्येक उपासना गर्ने फरक विधिहरुको निर्माण गरियो । उत्तरवैदिक कालमा आएर वर्णव्यवस्थालाई कहर बनाइयो । विभिन्न पुराणहरु वेदहरुको निर्माण गरियो ।

वैदिक कालमा समाजमा महिला र पुरुषको बराबरी महत्व थियो भने केही महिलाको महत्व बढी थियो । किनकी महिलालाई विभिन्न देवीको रुपमा लक्ष्मी सरस्वती काली उच्च स्थान प्रदान गरिएको पाइन्छ । महिलाहरु सङ्गीत कला नाचका अतिरिक्त निर्माण र उत्पादनशील कार्यहरु र कृषिमा समेत लागेका थिए भने यौन सम्पर्कमा उदार थिए । अनिवार्य विवाह भने थिएन । वर्तमान समयमा महिला उत्पीडन र बलात्कारका घटना निरन्तर रुपमा बाहिर आइरहेका छन् । यसमा महिलाहरु पीडित भएका घटनाहरु धेरै छन् । निर्मला पन्त, भागिरथी भट्ट जस्ता धेरै अवोध बालबालिकाहरु महिलाहिंसाको सिकार भए ।

तर, पछिल्लो समयमा महिलाहरुका कारण पृरुषहरु पीडित भएका घटनाहरु पनि हामी देखेका छौँ । अवोध बालबालिका, अशक्त, अपाङ्ग, जेष्ठ नागरिक वा यस्तै वर्गका महिलामाथि हुने दुर्व्यवहार र डेटिङमा गएका केटीहरुले आफ्नो नीहित स्वार्थका लागि, ‘बलात्कृत भएँ’ भनेर गरिने हल्लामा आकाश र पातलको फरक रहेको हुन्छ । यसमा सोही अनुसार नै व्यवहार हन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४