Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेता इमरानमाथि जम्मू-कश्मीरमा ढुङ्गा प्रहार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ४ २०७९
  • 2.3K
    SHARES

एजेन्सी । भारतीय अभिनेता इमरान हाशमीमाथि जम्मू-कश्मीरमा ढुङ्गा प्रहार भएको छ ।

भारतीय कलाकारहरू आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छन् । धेरै पटक भारतीय कलाकारहरू आफ्नो फिल्मलाई लिएर समस्यामा पर्छन् । फिल्मको सेटमा धेरै कलाकारमाथि आक्रमण भएको छ । यसैबीच, अब इमरानसँग सम्बन्धित यस्तै समाचार बाहिर आएको छ ।

हाल इमरान जम्मू कश्मीरमा आफ्नो आगामी फिल्म ‘ग्राउन्ड जिरो’ को सुटिङ गरिरहेका छन् । सोही सुटिङमा रहेका इमरानमाथि कश्मीरमा ढुङ्गा प्रहार भएको छ । यो घटना त्यतिबेला भएको थियो जब इमरान सुटिङ गरेर पहलगामको मुख्य बजारमा गएका थिए । यस विषयमा पहलगाम प्रहरी स्टेशनमा उजुरी दर्ता गरिएको छ र आरोपीहरूलाई पनि पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर, उनीमाथि के कारणले ढुङ्गा प्रहार भएको हो त्यो भने खुलाइएको छैन ।

फिल्म ‘ग्राउन्ड जिरो’ इमरान आर्मी अफिसरको भूमिकामा देखिदैछन् । फिल्ममा उनी साई ताम्हनकर र जोया हुसैनसँग देखिदैछन् । यस फिल्म बाहेक इमरान अक्षय कुमारको फिल्म ‘सेल्फी’ मा र सलमान खानको फिल्म ‘टाइगर ३’ मा पनि महत्वपूर्ण भूमिकामा देखिने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४