Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरोज खनाललाई सन्तोष सेनको कटाक्ष : तपाईंले कलाकार अमेरिकामा लुक्नुपर्छ भन्ने थिति बसालिदिनुभयो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ४ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । यतिबेला ‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डबीचको विवाद उत्कर्षमा छ । यो विवादमा फिल्मकर्मीले पनि पक्षधरता लिन थालेका छन् । खासगरी अभिनेता प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा मागेपछि विवाद उत्कर्षमा छ ।

यस्तोमा अभिनेता सरोज खनालले केसीको राजीनामा माग्ने प्रदीपको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै युट्युबमा अन्तर्वार्ता समेत दिएका थिए । भुवन केसी सिनियर भएकाले राजीनामा माग्नु गलत भएको खनालको तर्क छ ।

‘प्रेमगीत’को पहिलो संस्करणका अभिनेता समेत रहेका खनालले सुटिङको बेलाको स्मरण गर्दै निर्माता सन्तोष सेनले खड्कालाई लिएर सुटिङ सक्छ कि सक्दैन भन्ने समस्या सिर्जना भएको र आफ्नै पहलमा प्रदीपलाई निरन्तरता दिएको समेत दाबी गरेका थिए ।

तर यतिबेला निर्माता सेनले सामाजिक सञ्जालमार्फत अभिनेता खनालमाथि कटाक्ष गरेका छन् । खनालले नेपाली कलाकार अमेरिकामा लुक्नुपर्छ भन्ने बानी बसालेको भन्दै सेन खनालमाथि खनिएका छन् ।

उनी लेख्छन्, ‘एउटा रजतपटमा तपाईं मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही अभिव्यक्ति दिंदै हिंड्नुपर्छ र ? प्रेमगीतको बेला तपाईंसँग मेरो दोहोरो कुरा कहिले भएन, दोस्रो प्रदीपले सक्दैन कि सक्दैन भनेको तपाईंकै निर्देशकको भनाइ हो ।’

उनी अगाडि लेख्छन्, ‘अलि सुन्दा लाज हुने अभिव्यक्ति दिंदै नहिंड्नु होला स्वयं प्रदीपलाई समेत यो कुरा सुन्दा लाज भयो होला । तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने थिति बसालिदिनुभयो । आज त्यसको नतिजा अहिले राम्रो कामको लागि पनि कलाकारले भिसा पाउँदैनन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४