काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परीक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टीजेन परीक्षणका क्रममा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ६२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये १ हजार ९९९ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना संस्थागत आइसोलेसन र २० जना आईसीयूमा छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ९०९ पुगेको छ ।