Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कवाडी संकलन केन्द्र सहरबाहिर सार्न पोखरा महानगरको ३५ दिने सूचना


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३१ २०७९
  • 2.8K
    SHARES

पोखरा । कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरले शुक्रबार जारी गरेको सूचना अनुसार डेंगुलगायत अन्य महामारी फैलन कवाडी संकलन केन्द्रहरु कारक रहेको महानगरको ठहर छ ।

सूचनामा यसअघि कवाडी संकलन गर्ने व्यवसायी र जग्गाधनीका बीचमा जे जस्तो सम्झौता भएको भए पनि जारी सूचनाअनुसार सम्झौता संशोधन गर्नसमेत महानगरले आग्रह गरेको छ ।

मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवै पक्षलाई कानुनअनुसार कारवाही हुनेसमेत व्यहोरा जानकारी गराइन्छ,’ सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्रजंग केसी हस्ताक्षरित सूचनामा भनिएको छ ।

गण्डकीका मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा डेंगुबाट संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा नारायण श्रेष्ठका अनुसार प्रदेशमा हालसम्म १५७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये सबैभन्दा बढी कास्कीका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी कास्कीले ३२ जनामा, गोरखा र बागलुङमा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यसअघि सन् २०१९ मा गण्डकीमा डेंगु महामारीका रुपमा देखा परेको थियो । उक्त वर्ष २ हजार ६५० जनालाई डेंगु संक्रमन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४