Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधान जोगाउने हो भने चोलेन्द्र सर्वोच्च फर्किन मिल्दैन : रमण श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३० २०७९
  • 2.7K
    SHARES

काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अब सर्वोच्च अदालत फर्किन नहुने बताएका छन् । उनले चोलेन्द्रलाई कुनै पनि पार्टीले बोक्न नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा छलफलका लागि आएका उनले संविधान जोगाउने हो भने चोलेन्द्र सर्वोच्च अदालत फर्किन नहुने बताएका हुन् ।

संविधान फाल्ने हो भने  जे गरे हुन्छ । जोगाउने हो भने (अदालत) फर्किनु हुँदैन । यो संविधान जोगाउने कसरत हो । (चोलेन्द्रको) जम्मै फैसला हेर्ने हो भने संविधानलाई कसरी तोडमरोड गरिएको छ, थाहा हुन्छ उनले भने ।

महाअभियोग सिफारिस समितिले महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याउन नसके राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, सर्वोच्च अदालत सबैलाई चोलेन्द्र फर्किन नमिल्ने भनी पत्र लेखेर दिनुपर्ने श्रेष्ठले बताएका छन् ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले महाभियोग सिफारिस समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा करोडौं रुपैंयाको भ्रष्टाचारमा लिप्त भएको पनि बताएका छन्  । ‘त्यस्तो मान्छेलाई प्रधानन्यायाधीश बनाएको छ, पैसाको काल छ । करोडभन्दा तल गिनाइ नै छैन’ समितिमा भएको छलफलपछि बाहिरिएका पूर्वमहान्यायाधिवक्ता समेत रहेका श्रेष्ठले भने, ‘३५ बुदे अभियोगमा दुईचार मुद्दा उल्लेख गरेको छ । ती मुद्दामा ठूलो लेनदेन भएको छ । कतिपय मुद्दामा कागज भएको छ, चेक लिएको छ । त्यसविरुद्ध हामी बोल्यौं ।

आफूहरु भ्रष्टाचारमा संलग्न भएको भए न्यायाधीशविरुद्ध बोल्ने अवस्था नै नहुने भन्दै उनले कानून व्यवसायीले न्यायाधीशमाथि भ्रष्टाचारको आरोपमा कारवाहीको माग गर्नुपर्ने अवस्था आउनु विडम्बनायुक्त रहेको टिप्पणी गरे ।

सर्वोच्च अदालतका न्यायाधीशप्रतिको विश्वास महत्वपूर्ण हुने भन्दै उनले अहिले न्यायाधीशको अनुहार हेरेर उनीहरुको इमान्दारिताबारे बोल्न सकिने बताए । एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई घुस दिएर विचौलिया खडा गरेको भन्दै उनले यस्ता विषयमा बारले चासो राख्नु स्वाभाविक भएको बताए ।

‘रन्जन कोइरालाको मुद्दा एउटै फैसला महाभियोग लगाउन पर्याप्त छ’ उनले भने, ‘सहकर्मी न्यायाधीशले विश्वास नगर्नु महाभियोगको अर्को आधार हो ।’ अख्तियारका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीको क्रियाकलाप र व्यवहारबाट पाठ सिक्नुपर्ने भन्दै उनले समितिलाई जबराको निलम्बन यथावत हुने भनी सबै निकायमा पत्राचार गर्न सुझाव दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४