Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २९ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने भएको छ ।

हिन्दी र नेपाली दुवै भाषामा फिल्म रिलिज हुन लागेको हो । नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्म्सका देव कार्कीले फिल्मको दुवै भाषाको प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

‘नेपाल, भारत र अन्य देशसँगै एकसाथ अस्ट्रेलियाका हरेक सहरमा नियमित रूपमा प्रदर्शन गर्ने तयारीमा छौं,’ कार्कीले भने, ‘जसरी यहाँ हलिउड र बलिउडका फिल्मले नियमित स्क्रिनको मौका पाउँछन् । प्रेमगीत ३ ले पनि त्यसरी नै मौका पाउनेछ ।’

सेप्टेम्बर २३ मा फिल्म त्यहाँ रिलिज हुने भएपछि अस्ट्रेलियास्थित नेपाली फिल्मप्रेमीमा उत्साह थपिएको छ । यसअघि पनि डेढ दर्जन नेपाली फिल्मको राइट खरिद गरेर उनले अस्ट्रेलियामा प्रदर्शन गरिसकेका छन् ।फिल्मको हिन्दी संस्करणको भारतीय वितरण कम्पनी मधु इन्टरेनमेन्टबाट कार्कीले फिल्म खरिद गरेका हुन् । पछिल्लो समय अस्ट्रेलिया नेपाली फिल्मको आकर्षक बजार बनिरहेको छ । ‘कबड्डी ४’ ले हालै अस्ट्रेलियामा चार करोड रुपैयाँभन्दा बढी रकम कमाइ गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४