माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यो गठबन्धन तोड्ने पक्षमा छैनन् । तर उनीहरु पार्टीका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चर्को दबावमा देखिएका कार्यदलका अर्का एक सदस्य बताउँछन् ।
गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका नेताहरुमा भने अरु दलले आफूलाई अलमल्याउने काम मात्र गरेका त होइनन् भन्ने आशंका देखिन थालेको छ ।
यद्यपि सिट बाँडफाँटमा निरन्तर छलफल भइरहेको छ । करिव १०० आसपासको सिटमा सहमति पनि जुटेको देखिन्छ । कार्यदलका एक सदस्यका अनुसार ६०/६५ सिटमा कांग्रेस, २०/२२ सिटमा माओवादी ८/९ मा एकीकृत समाजवादी ५/७ सिटमा जसपाको नाममा लगभग सहमति जुटेको छ ।
बाँकी क्षेत्रमा दुई वा दुईभन्दा बढी दलको दाबी छ । यस्ता क्षेत्रमा सहमति खोज्दा दलहरुबीच छुट्टा–छुट्टै छलफल भएपनि सहमति नजुटेको नेताहरु बताउँछन् । असोज २ र ३ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने भएकाले अब त्यतातिर छलफल गर्ने नेताहरु बताउँछन् । जसपाका प्रवक्ता मनिष सुमन भन्छन्, ‘अब केही दिन समानुपातिकतर्फ लाग्ने सहमति भएको छ । ३ गतेपछि मात्र गठबन्धनको बैठक बस्छ ।
