Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिनियाँ सभामुख ली आज नेपाल आउँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २७ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ – चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

लीले आजै समकक्षी सापकोटासँग वार्ता गर्ने तालिका छ। सभामुख सापकोटाले लीको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरेका छन् । चिनियाँ नेता लीले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टा-छुट्टै भेट गर्नेछन् भने भ्रमणको अन्तिम दिन तथा पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता तय भएको छ।

नेपालमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदा भएका सहमतिअनुसार अघि बढेका कार्यक्रमको प्रगतिको अनुभव आदानप्रदान गर्नुका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना तथा अन्य विकास साझेदारीका बारेमा छलफल गर्नेछन्।

साथै दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्‍याउन सक्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४