Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनआईसी एशिया बैंकको भिडियो KYC सेवा सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २६ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । एनआईसी एशिया बैंकले गर्‍यो भिडियो KYC सेवा सुरु गरेको छ ।

बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो KYC सेवाको सुरु गरेको हो ।

यस बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरुले भिडियो KYC कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकको वेबसाइट www.nicasiabank.com मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकलाई KYC विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो KYC आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग भिडियो कल गरि उक्त कलमार्फत KYC विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ ।

यदि V-KYC मार्फत आफ्नो KYC जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडियो कलमार्फत आफ्नो KYC विवरण बैंकलाई उपलब्ध गराउन सकिन्छ वा बैंकिङ्ग समयमा V-KYC को भिडियो कलको Appointment Book गरि सो समयमा KYC विवरण अद्यावधिक गर्नु पर्ने छ ।

ग्राहकहरुले V-KYCको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/Voter Card) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत देखाउनु पर्ने हुन्छ ।

भिडियो KYC मार्फत KYC विवरण अद्यावधिक गरे पश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नुहुने छ । V-KYC मार्फत आफ्ना विवरणहरु अद्यावधिक गरि बढि भन्दा बढि लाभ ग्रहण गर्न बैंकले समस्त ग्राहकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४