Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिस टिन नेपालको ग्राण्डफिनाले असोज ९ गते


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २१ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । सेञ्चुरी मिस टिन नेपालको १८औं संस्करणको ग्राण्ड फिनाले आगामी असोज ९ गते हुने भएको छ । काठमाडौं जेसीजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टिनको फाइनलमा २० जना प्रतिस्पर्धीहरुबीच उपाधि भिडन्त हुनेछ ।

आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारका अनुसार किशोरीहरुको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्तिविकास तथा महिला सशक्तिकरणको लक्ष्यसहित मिस टिन नेपालको आयोजना हुन लागेको हो ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुनुवारले सेञ्चुरी मिस टिन नेपाल एक सौन्दर्य प्रतियोगितामात्रै नभएर महिला सशिक्तकरणका पक्षमा पैरवी गर्ने मञ्चसमेत रहेको बताए ।

प्रतियोगिताको अडिसन राउण्डमा सहभागि ५० जनामध्ये २० जना ग्राण्ड फिनालेका लागि चुनिएका हुन् । प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रियारानी लामाले निर्वाह गर्नेछिन् ।

उनले प्रतियोगिताका सहभागिहरुलाई राम्री बन्न र बोल्नमात्रै प्रोत्साहन नगरिने भन्दै एक जिम्मेवार नागरिकका रुपमा सहभागिहरुको क्षमता विकास गराइने बताइन् ।

प्रतियोगिको ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेहरुमा विभुषा बस्नेत, अदिती श्रेष्ठ, कसक पौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतिक्षा डंगोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई रहेका छन् ।

प्रतियोगितामा सेञ्चुरी मिस टिन नेपाल २०२२ को मुख्य टाइटलसहित विभिन्न १२ सब टाइटल अवार्डहरु राखिएका छन् । १६ देखि १९ वर्षसम्म किशोरीहरु प्रतिस्पर्धी रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रुपमा सेञ्चुरी रहेको छ भने एनआइसी एसिया बैंक बैंकिङ पाटर्नर रहेको छ ।

आयोजकका अनुसार मिस टिन २०२२ को भोटिङ पाटर्नरमा खल्ती, डिजिटल पाटर्नरमा केटिएम रुस, फुड पाटर्नरमा द बर्गर हाउस, फेसन पाटर्नरमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, यचु बुटिक र नीर्तिज डिजाइन रहेका छन् ।

प्रतियोगिताका विजेताहरुलाई क्राउन, अवार्ड र ‘सी इज सक्सेस’ नाम सामाजिक परियोजनामा काम गर्ने लगायतका अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४