Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीले आज भारतका सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी प्रदान गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २० २०७९
  • 3.7K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेलाई आज (सोमबार) नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएकाे छ ।

राष्ट्रपति भवन शीतलनिवासमा साेमबार अपराह्न आयोजना हुने विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएकाे हाे । नेपाली सेना र भारतीय सेनाबीच एक-अर्का देशका प्रधान सेनापतिलाई मानार्थ सेनापतिको दर्जा दिने परम्परा रहेको छ ।

उहाँ आइतबार नेपालको पाँच दिने भ्रमणमा आउनुभएको हाे । मानार्थ महारथीको दर्जा लिएपछि उहाँ आजै सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारक गई श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँले साेमबार नै सैनिक मुख्यालयमा प्रधान सेनापति प्रभुराम शर्मासँग समेत भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

उहाँले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । भ्रमणका क्रममा उहाँले शिवपुरीस्थित कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेकाे छ । भारतीय सेना अध्यक्ष पाण्डे पोखरा र मुक्तिनाथको भ्रमणमा समेत जाने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४