Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दसैँमा गाडीभाडा बढाउने सङ्केत सर्बसाधारण जनता मर्कामा !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १७ २०७९
  • 3.4K
    SHARES

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । आजबाट लागू हुनेगरी मूल्यवृद्धिपछि डिजेल र  मट्टितेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक वर्षको घाटालाई देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न नमानेको आयल निगमले बिहीबार दिउँसो नयाँ मूल्य पाउनासाथ मूल्य बढाएको हो । आइओसीले बिहीबार दिउँसो पठाएको नयाँ मूल्य अनुसार पेट्रोल १।३९ रुपैयाँ, डिजेल ६।१२ रुपैयाँ र हवाई इन्धन ८।०१ रुपैयाँ बढेर आएको थियो ।

त्यसपछि निगम सञ्चालक समितिको साँझ बैठक बसी मूल्य बढाउने निर्णय गरेको  थियो। दसैँको मुखमा डिजेल र मट्टीतेलको मूल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाँडादर बढ्ने र खाध्यन्न लगाएतको मूल्य वृद्धि हुने सर्वसाधारण जनतामाथि भार थपिने आकलन गर्न थालिएको छ । भने दशैको मुखैमा सर्बसाधारण जनतालाई आर्थिक भार थपिदा अब चुल्लो बाल्न पनि धौ पर्ने देखिएको छ ।

पेट्रोलमा फाइदा

भारतबाट मूल्य बढेर आएपनि निगमलाई पेट्रोलमा  भने घाटा  हुने छैन । निगमले जारी गरेको विज्ञप्तिअनुसार अझै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा  भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४