Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोरखा कांग्रेस : ४ सांसदका लागि ३६ जनाको आकांक्षा, समानुपातिकमा ३५ ले टिपाए नाम


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १४ २०७९
  • 4.4K
    SHARES

पोखरा । नेपाली कांग्रेस गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारका आकांक्षीहरुको नामावली सङ्कलन भएको छ । पार्टीको चारवटै प्रदेश क्षेत्र समितिले प्रत्यक्ष र समानुपातिकतर्फ प्रदेशमा उम्मेदवार बन्न चाहनेहरूको नामावली सङ्कलन गरेको कांग्रेसले जनाएको छ । गोरखामा प्रदेशसभाका ४ निर्वाचन क्षेत्र छन् ।

क्षेत्र नम्बर १ प्रदेश (क) मा प्रत्यक्षतर्फ धिरन थापा, भूगोल थापा, विश्वदेव श्रेष्ठ, जनार्दन अर्याल र बिनाकुमारी श्रेष्ठले नाम टिपाएका छन् । समानुपातिकतर्फ कृष्णबहादुर आले, शरदबाबु श्रेष्ठ, रिता परियार, किरणबाबु श्रेष्ठ, जानुका पन्त, तोकमान श्रेष्ठ, कमला लामिछाने, अर्जुन भट्टराई, अलिउल्ला मियाँ, टिका श्रेष्ठ, हरिबहादुर गान्धारी र रेशम गुरुङको नाम छ ।

क्षेत्र नम्बर १ (ख) मा प्रत्यक्ष तर्फ नन्दप्रसाद न्यौपाने, बुद्धिप्रसाद श्रेष्ठ, पूर्ण दाहाल, डिल्लीराम तिमल्सिना, प्रेम खत्री, बीरबल ढकाल, तारा पुडासैनी, धमेन्द्रकाजी श्रेष्ठ र ईश्वर पाण्डे चुनाव लड्नका लागि तयारी गरिरहेका छन् भने समानुपातिकतर्फ फुलमाया गुरुङ, सन्तबहादुर गुरुङ, छेवाङ ग्याल्जेन लामा, ओमहरी घले, भरत भट्ट, रामु नेपाली र विदेश नरालको नाम सङ्ग्रह गरिएको छ ।

गोरखा क्षेत्र नम्बर २ (क) मा प्रत्यक्षतर्फ किशोरजंग थापा, केदारमानसिंह बस्नेत, विमल ढकाल, चन्दन खत्री, पूर्णबहादुर (ध्रुव) पन्त, दीपकबाबु कँडेल, अनुप कडरिया, रविकला खनाल, इमानसिंह बस्नेत, मोदनाथ मरहट्टा र भागवत रेग्मीले सांसद चुनाव लड्न निवेदन दिएका छन् । समानुपातिकतर्फ दीर्घमान गुरुङ (नारायण), शोभा अधिकारी, बलराम खड्का, पूर्णबहादुर राना र दलिततर्फ ईश्वरबहादुर परियारले नाम टिपाए ।

२ (ख) मा प्रत्यक्षका लागि वेदप्रसाद काप्री, मनकुमारी गुरुङ, प्रकाशचन्द्र दवाडी, फणीन्द्रप्रसाद धिताल, चेतमान श्रेष्ठ, प्रदीपबाबु ढकाल, मोहनप्रकाश पोखरेल, नवीन श्रेष्ठ, दीपक हमाल, ओमबहादुर गुरुङ र प्रा. सलाउद्दीन मियाँले नाम टिपाएका छन् । समानुपातिकतर्फ गौरी तामाङ, कुमारी गुरुङ, मिना अधिकारी, दिनेश सुनार, इतराज सुनार, राजु थापा, राजु गुरुङ, चन्द्रमाया गुरुङ, इन्द्रा गुरुङ, कृष्णबहादुर गुरुङ र अशोककुमार गुरुङले निवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४